काठमाडौं, ३० साउन ।
सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष जेल सजाय र १ करोड ८९ लाख ४८ हजार विगो तथा जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र बैद्यनाथ उपाध्यायको इजलासले खड्काले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ विगो तथा त्यति नै जरिवानाको फैसला सुनाएको हो ।
प्रजातन्त्र पुन:स्थापनापछि ८ पटक मन्त्री भएका खड्काले पदको दुरुपयोग गरी २ करोड ३६ लाख ८७ हजार ६ सय २४ रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सार्वजनिक पदमा प्रवेश गरेपछि हटेसम्मको अबधिमा खड्काको २ करोड ७५ लाख ९८ हजार २ सय ६४ सम्पत्ति रहेकामा ३९ लाख १० हजार ६ सय ३९ रुपैयाँ ८१ पैसा सम्पत्तिको मात्र स्रोत खुलेको अख्तियारको दावी छ । खड्काकी पत्नी शीला र छोरी पुनमको नाममा समेत स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि मतियार बनाएको थियो ।
तर, विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ साल कात्तिक २९ मा खड्कालाई सफाइ दिएको थियो । विशेषको फैसलाविरुद्ध अख्तियारले सोही वर्ष चैत १५ मा पुनरावलोकन दिएको थियो । त्यसको चार वर्षपछि सर्वोच्चले विशेषको फैसलामा गम्भीर त्रुटि देखिएको भन्दै खड्कालाई अदालतमा झिकाएको थियो । विशेषले सफाइ दिएका पूर्वमन्त्री चिरञ्जिवी वाग्ले, तत्कालीन संचारमन्त्री जयप्रकाशप्रसाद गुप्तालगायतलाई सर्वोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाइसकेको छ । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष जेल सजाय र १ करोड ८९ लाख ४८ हजार विगो तथा जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र बैद्यनाथ उपाध्यायको इजलासले खड्काले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ विगो तथा त्यति नै जरिवानाको फैसला सुनाएको हो ।
प्रजातन्त्र पुन:स्थापनापछि ८ पटक मन्त्री भएका खड्काले पदको दुरुपयोग गरी २ करोड ३६ लाख ८७ हजार ६ सय २४ रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सार्वजनिक पदमा प्रवेश गरेपछि हटेसम्मको अबधिमा खड्काको २ करोड ७५ लाख ९८ हजार २ सय ६४ सम्पत्ति रहेकामा ३९ लाख १० हजार ६ सय ३९ रुपैयाँ ८१ पैसा सम्पत्तिको मात्र स्रोत खुलेको अख्तियारको दावी छ । खड्काकी पत्नी शीला र छोरी पुनमको नाममा समेत स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि मतियार बनाएको थियो ।
यसैबीच कांग्रेसका कार्यकर्ताले खड्काको पक्षमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले खड्कालाई फसाएको भन्दै सर्वोच्च अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले यातायात आवागमनसमेत अबरुद्ध पारेका छन् । उनीहरुले माइतीघरमा ना १ झ ६२७ नम्बरको प्रहरी भ्यान र बा १ ज ७६४९ नम्बरको ट्याक्सीमा तोडफोड गरेका छन् । अहिले सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
खड्काको मुद्दा फैसलालाई प्रभावित बनाउन दाङ, नवलपरासी लगायतका ठाउँबाट कांग्रेस कार्यकर्ता राजधानी ओइरिएका छन् । खड्काको पक्षमा भन्दा विपक्षमै फैसला आउने झण्डै पक्का भएदेखि नै बिरोध प्रदर्शनको लागि उनीहरु बिहानैदेखि तम्तयार भएर बसेका थिए । प्रहरीले सर्वोच्च अदालतको आसपासमा जम्मा हुन नदिएपछि खड्काका समर्थक माइतीघर, अनामनगरलगायतका क्षेत्रमा छन् ।
को हुन् खुमबहादुर खड्का ?
कांग्रेसका खुमबहादुर खड्का यतिबेला न सरकारमा छन्, न पार्टीको शक्तिशाली पदमा । तर उनको शक्ति र ओज भने उस्तै छ । उनका पछिल्तिर ठूलो मानिस छन् भन्ने कुरा मंगलबार पनि छर्लंग देखियो । उनका समर्थकले प्रदर्शन गर्ने डरले दिनभर सिंहदरबार आसपासमा सुरक्षा व्यवस्था कडा पारियो । ठाउँठाउँमा उनका समर्थकले प्रदर्शन गरे । पटकपटक गृहमन्त्री हुँदा उनले थुप्रै कार्यकर्ता र आसेपासेलाई सेना, प्रहरीलगायत शक्तिशाली ठाउँमा पुर्याएका छन् ।
त्यसैले पनि उनको पछि ठूलो समूह छ । दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, २०५१ र २०५६
तीनपटक नै प्रतिनिधिसभाको सदस्य भए । २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री भए । धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा उनले नै अरुलाई उछिनेका छन् । मन्त्री हुँदा उनले लरोतरो मन्त्रालय रोजेनन् । सिधै गृह र अरु मालामाल हुने मन्त्रालय सम्हाले । २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक २०५८ अघिको हरेक सरकारमा उनको हालिमुहाली थियो । पावरफूल मन्त्री भएकाले उनलाई कसैले छुन सकेन । उनको पछिल्तिर कांग्रेस कार्यकर्ताको एउटा ठूलो झुण्ड नै छ । पद र लाभको लागि जे पनि गर्न तयार हुने नेताको रुपमा खड्कालाई चिनिन्छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलापनि यिनी मन्त्री भए, शेरबहादुर देउवा भएको बेला पनि ।
यिनी कहिले यो समूहमा जान्छन् । फाइदा हुने बित्तिकै कित्ता परिवर्तन गर्छन् । कांग्रेस पार्टी विभाजन हुँदा पहिले उनी देउवा खेमामा थिए, पछि फेरि संस्थापन पक्षमै फर्किए । २०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नु अघिसम्म उनलाई सबैले मान्थे पनि । शक्तिशालीसंगै लोकप्रिय पनि थिए । राजनीतिका चतुर खेलाडि खुमबहादुर बेलाबेला अग्रसर भैरहे ।

No comments:
Post a Comment