बस दुर्घटनामा १३ को मृत्यु

Bookmark and Share 
रासस
गुल्मी, २४ भदौ ।
    सदरमुकाम तम्घासबाट काठमाडौंका लागि छुटेको बस हर्दिनेटा गाविसको लुम्छा नजिकै सेलगैरामा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । बिहान ५ बजे काठमाडौंका लागि छुटेको लु१ख ५५८३ नम्बरको बस हिंडेको एक घन्टामै दुर्घटनाग्रस्त हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो । सडकबाट करिब ५ सय मिटर तल खसेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । घटनामा मृत्यु हुनेमध्ये ९ जनाको मात्रै सनाखत भएको छ ।
तीमध्ये मालपोत कार्यालय गुल्मीका नायबसुब्बा लालकुमार श्रेष्ठ, नवलपरासी निवासी हरिकला अर्याल, अर्खले निवासी टेमलाल पाण्डेय, मरेङ–५ अर्घाखाँची निवासी नणबहादुर क्षेत्री र दण्डबहादुर क्षेत्री, वीरवास–८ गुल्मीका टेकबहादुर सोमरे, बाङ्ला अर्घाखाँचीका चन्दा भुसाल, तम्घास–३ निवासी विष्णुप्रसाद पन्थी, तम्घास–१ निवासी लक्ष्मी खनाल र उपचारका क्रममा पाल्पाको मिसन अस्पतालमा अर्खले निवासी राजन गौतम र अर्का एक घाइतेको मृत्यु भएको छ । 

No comments:

Post a Comment