सुर्खेत, २३ भदौ ।
सुर्खेत जिल्लाको साक्षरता यसबर्ष ८८ प्रतिशत पुगेको छ । राष्ट्रिय शिक्षा दिवस एवं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय सुर्खेतद्वारा आयोजित कार्यक्रममा विगतको भन्दा यस बर्ष साक्षरता प्रतिशत बृद्धि भएर ८८ पुगेको जानकारी दिएको हो । सुर्खेतमा पुरुष ९४ प्रतिशत र महिला ८६ प्रतिशत साक्षर भएको निमित्त जिल्ला शिक्षा अधिकारी दिपा हमालले जानकारी दिइन् । यस्तै आधारभूत शिक्षाको उत्तीर्ण ६५ प्रतिशत र एसएलसी उत्तीर्ण २१ प्रतिशत रहेको उनले बताइन् । सुर्खेतमा कूल १ लाख १५ हजार ४ सय ३२ विद्यार्थी रहेको जानकारी दिदैं उनले शिक्षक संख्या भने २१ सय ६८ जना छन् । जसमा शुद्ध दरवन्दीमा १५ सय ४१ र राहतमा ६ सय २७ छन् । निमित्त जिल्ला शिक्षा अधिकारी हमालले सुर्खेतमा शिक्षामा लगानी गरिए अनुसारको शैक्षिक उपलव्धी हासिल गर्न नसकेको स्वीकार गरिन् । एसएलसीको नतिजाले पनि प्रष्ट पारिसकेको बताउँदै उनले अव गुणस्तर सुधार गर्न जिल्लाले स्रोत केन्द्र, विद्यालय सवैलाई निर्देशन दिइसकको जनाइन् ।
जिल्लामा अझैपनि २ प्रतिशत बाल बालिकाहरु विद्यालय बाहिर रहेका छन् । विद्यार्थी अनुपातमा दरवन्दी न्यून छ । बर्षमा २ सय २० दिन अनिवार्य पढाउनुपर्ने भनिए पनि कहिल्यै हुन नसकेको, वन्द हड्ताल जारी रहनु, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका लागि राजनीतिक हस्तक्षेप हुनुलगायतका समस्याले जिल्लाको शैक्षिक गुणस्तरमा बृद्धि हुन नसकेको समस्या उनले दर्शाइन् । कार्यालयले ९० प्रतिशत काम गरेर पनि उपलव्धी अपेक्षाकृत हासिल गर्न नसकेको हमालले बताइन् । सामुदायिक विद्यालयको गुणस्तर घट्दै गएकोले विद्यार्थीहरु निजी विद्यालयतर्फ आकर्षित भएको जनाउँदै उनले सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी संख्या न्यून रहेको उल्लेख गरिन् । सुर्खेत जिल्लाको साक्षरता यसबर्ष ८८ प्रतिशत पुगेको छ । राष्ट्रिय शिक्षा दिवस एवं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय सुर्खेतद्वारा आयोजित कार्यक्रममा विगतको भन्दा यस बर्ष साक्षरता प्रतिशत बृद्धि भएर ८८ पुगेको जानकारी दिएको हो । सुर्खेतमा पुरुष ९४ प्रतिशत र महिला ८६ प्रतिशत साक्षर भएको निमित्त जिल्ला शिक्षा अधिकारी दिपा हमालले जानकारी दिइन् । यस्तै आधारभूत शिक्षाको उत्तीर्ण ६५ प्रतिशत र एसएलसी उत्तीर्ण २१ प्रतिशत रहेको उनले बताइन् । सुर्खेतमा कूल १ लाख १५ हजार ४ सय ३२ विद्यार्थी रहेको जानकारी दिदैं उनले शिक्षक संख्या भने २१ सय ६८ जना छन् । जसमा शुद्ध दरवन्दीमा १५ सय ४१ र राहतमा ६ सय २७ छन् । निमित्त जिल्ला शिक्षा अधिकारी हमालले सुर्खेतमा शिक्षामा लगानी गरिए अनुसारको शैक्षिक उपलव्धी हासिल गर्न नसकेको स्वीकार गरिन् । एसएलसीको नतिजाले पनि प्रष्ट पारिसकेको बताउँदै उनले अव गुणस्तर सुधार गर्न जिल्लाले स्रोत केन्द्र, विद्यालय सवैलाई निर्देशन दिइसकको जनाइन् ।
कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका प्रशिक्षक सुवर्ण खड्काले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा विद्यालय छाड्ने दर ५ प्रतिशत बढी रहेको जनाए । उनले नेपालको कूल साक्षरता प्रतिशत ६३ रहेको जनाउँदै अव विद्यालयमा भर्ना दर ९० प्रतिशत पुर्याउने सरकारी योजना रहेको सुनाए ।
कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक निरा शाक्य, प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर, निमित्त स्थानीय विकास अधिकारी ओमदत्त रेग्मी, मध्यपश्चिमाञ्चल विश्व विद्यालयका डीन पीताम्बर ढकाल, शिक्षक युनियनका अध्यक्ष धनसिंह खड्का, शिक्षा क्याम्पसका सहायक प्रमुख पीताम्बर आचार्य, शिक्षक संघका पद्मप्रसाद गौली, शिक्षक संगठनका शिवप्रसाद उपाध्याय, शिक्षक परिषद्का नवराज खड्का, अखिल नेपाल शिक्षक संघका रगवीर विश्वकर्मा, रेश्मीलाल चपाईंलगायतले शैक्षिक गुणस्तर घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै बृद्धिका लागि सचेत हुन सुझाव दिए ।
सो अवसरमा उच्च मावि तोस्राका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद अधिकारी, सूर्यज्योति प्रावि मेहेलकुनाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती सुनार, जनज्योति उच्च मावि बड्डिचौरका प्रधानाध्यापक नारायणप्रसाद सिग्देललाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment