नेपालगन्ज, २८ भदौ ।
बाँके जिल्लाका मुक्त कम्लहरीको आर्थिक आयआर्जन, साक्षरता र स्वरोजगार विकासका लागि सरकारले विभिन्न सीप तथा व्यवसायमूलक तालिम उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा त्यस किसिमका तालिम उपलब्ध गराउन सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रु. ११ लाख ९१ हजार बजेट विनियोजन गरेको थियो । सो कार्यालयका अधिकृत मनप्रसाद रेग्मीका अनुसार गत आर्थिक वर्षमा ३३ जना मुक्त कम्लहरीलाई उनीहरूले रोजेको विषयमा तालिम प्रदान गरी व्यवसाय सञ्चालनका लागि जनही रु. १० हजार र उपकरण खरिदका लागि रु. पाँच/पाँच हजार उपलब्ध गराइएको छ ।
कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०६७/२०६८ मा यस जिल्लाका ३० जना मुक्त कम्लहरीलाई विभिन्न विषयका सीपमूलक तालिम प्रदान गरिएकामा अहिले उनीहरू स्वरोजगार व्यवसायमा संलग्न रहेको पाइएको छ । यसैगरी, मुक्त कम्लहरीलाई दिइने तालिम, सेवासुविधा तथा उनीहरूले सञ्चालन गरिरहेको व्यवसायमा आउन सक्ने समस्यालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेलको संयोजकत्वमा सात सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ ।बाँके जिल्लाका मुक्त कम्लहरीको आर्थिक आयआर्जन, साक्षरता र स्वरोजगार विकासका लागि सरकारले विभिन्न सीप तथा व्यवसायमूलक तालिम उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा त्यस किसिमका तालिम उपलब्ध गराउन सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रु. ११ लाख ९१ हजार बजेट विनियोजन गरेको थियो । सो कार्यालयका अधिकृत मनप्रसाद रेग्मीका अनुसार गत आर्थिक वर्षमा ३३ जना मुक्त कम्लहरीलाई उनीहरूले रोजेको विषयमा तालिम प्रदान गरी व्यवसाय सञ्चालनका लागि जनही रु. १० हजार र उपकरण खरिदका लागि रु. पाँच/पाँच हजार उपलब्ध गराइएको छ ।
अनुगमन समितिमा सरोकारवाला निकाय जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मुक्त कम्लहरी विकास मञ्च, एफएनसी र एफा संस्था रहेका छन् ।
No comments:
Post a Comment