सुर्खेतमा विच भलिवल खेलाडी छनौट प्रतियोगिता

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २८ भदौ ।
    आगामी असोज ११ गतेदेखि १३ गतेसम्म पोखरामा हुने तेस्रो राष्ट्रिय पुरुष विच भलिवल प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रको छनौट खेल सुर्खेतमा हुनेभएको छ ।  मध्यपश्चिमाञ्चल क्षेत्रीय भलिवल संघले विहीवार एक सूचना प्रकाशित गरी आगामी असोज ६ गते साँझ साढे ४ बजे वीरेन्द्रनगरको बुद्धपथस्थित
पुरानो प्रहरी गुल्मको चौरमा खेलाडी छनौट प्रतियोगिता गरिने जनाएको छ ।
    यस क्षेत्रबाट ४ जना खेलाडी छनौट गरिने संघका कोषाध्यक्ष मंगल श्रेष्ठले जनाएका छन् ।

No comments:

Post a Comment