सुर्खेत, २८ भदौ ।
बाल दिवसको अवसरमा विहीवार सुर्खेतका विभिन्न विद्यालयहरुमा विविध कार्यक्रमहरु भएका छन् । यसैक्रममा जनप्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर–३ ,सुर्खेतले बालदिवसको अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता विहीवार सम्पन्न गरेको छ । २० जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगितामा प्रथम आकााक्षा कार्की, द्वितीय वीना थापामगर, तृतीय दुर्गा थापामगर र सान्त्वना दीक्षा खड्का भएका छन् ।
विद्यालयका छात्रा पूजा जि.सीको सभापतित्वमा भएको प्रतियोगितामा लेखापाल चक्रप्रसाद अधिकारी, विद्यालयका सहायक प्रधानाध्यापक यामराज गिरीले पुरस्कार वितरण गरेका थिए ।
यसैगरी बाल सुलभ केन्द्र उत्तरगंगा र आवाज संस्था सुर्खेतको आयोजनामा बाल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम सुनिता विक, द्वितीय रोशन विक, तृतीय विशाल, पूजा, दिपिका र गणेश भएका छन् ।बाल दिवसको अवसरमा विहीवार सुर्खेतका विभिन्न विद्यालयहरुमा विविध कार्यक्रमहरु भएका छन् । यसैक्रममा जनप्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर–३ ,सुर्खेतले बालदिवसको अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता विहीवार सम्पन्न गरेको छ । २० जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगितामा प्रथम आकााक्षा कार्की, द्वितीय वीना थापामगर, तृतीय दुर्गा थापामगर र सान्त्वना दीक्षा खड्का भएका छन् ।
विद्यालयका छात्रा पूजा जि.सीको सभापतित्वमा भएको प्रतियोगितामा लेखापाल चक्रप्रसाद अधिकारी, विद्यालयका सहायक प्रधानाध्यापक यामराज गिरीले पुरस्कार वितरण गरेका थिए ।
यसैवीच कोपिला भ्याली स्कुलको आयोजनामा अन्तर स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । पाँच वटा स्कुल सहभागी उक्त प्रतियोगितामा सेन्टमेरिज स्कुल प्रथम, सैनिक आवासीय विद्यालय द्वितीय र कोपिला भ्याली स्कुल तृतीय भएका छन् । प्रतियागितामा आयोजक कोपिला भ्याली स्कुलका प्रिन्सिपल दिपक गुरुङले अध्ययनका साथसाथै विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्नेमा जोड दिएका थिए ।
No comments:
Post a Comment