लागूऔषधबाट मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, २८ भदौ ।
    कञ्चनपुरमा तीन महिनाको अवधिमा लागूऔषध सेवनबाट तीनजनाको मृत्यु भएको छ । योसंगै जिल्लामा लागूऔषधको सेवनबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । अहिलेसम्म यहाँ ७९ जना औषध सेवनकर्ता भेटिएका छन् । पछिल्ला तीन महिनाका गरी हालसम्म लागूऔषधको प्रयोगबाट १० जनासम्मको मृत्यु भएको लागूऔषध रोकथामका लागिकार्यरत गैरसरकारी संस्था फेथका कार्यक्रम संयोजक नवराज पाण्डेयले बताए ।
     सामाजिक अपहेलनाको डरले सेवनकर्ता खुल्न नसकेको संयोजक पाण्डेयले बताए । ग्लोबल फन्डको सहयोगमा संस्थाले तीन महिनादेखि सुईद्वारा लागूऔषध सेवनकर्तामा क्षति न्यूनीकरणका लागि कार्यक्रम कञ्चनपुरमा सञ्चालन गरेको छ । यस अवधिमा ७९ जना लागूऔषधका सेवनकर्ता सम्पर्कमा आएका हुन् । लागूऔषध दुव्र्यसनी भएर समाजमा हुने अपमान सहन नसकेर पुन:स्थापन रोजेको एक सेवनकर्ताले बताए ।

No comments:

Post a Comment