असोजमा खेलकुद तथा पर्यटन महोत्सव

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सर्खेत, २६ भदौ ।
    आगामी असोज महिनामा सुर्खेतमा राष्ट्रिय पर्यटन तथा खेलकुद महोत्सव २०६९ हुने भएको छ । पर्यटन विकास मञ्च र ग्रीनल्याण्ड फुटवल एकेडेमी सुर्खेतको संयुक्त आयोजनामा असोज २६ गतेदेखि ३० गतेसम्म राष्ट्रिय पर्यटन तथा खेलकुद महोत्सव हुने भएको हो ।
महोत्सवमा भलिवल, फुटवल, व्याटमिन्टनलगायत विभिन्न १४ वटा खेलको प्रतियोगिता हुने आयोजक ग्रीनल्याण्ड फुटवल एकेडेमी सुर्खेतका अध्यक्ष शशीकुमार केसीले जानकारी दिए । खेल क्षेत्रमा राज्यले लगानी गर्न नसकेका कारण व्यवसायिक खेलाडीहरु खेलकुदबाट टाढिएको उनले बताए । महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त खेलाडीबाट प्रयोगात्मक कक्षाहरु संचालन गरिने, खेलकुद सामग्रीको प्रदर्शनी, राष्ट्रिय खेलाडी सम्मिलित फुटवल र क्रिकेट खेल संचालन, म्याराथुन धावक हरि रोक्काको खेलजीवनका बृत्तचित्र प्रदर्शनीलगायतका विभिन्न प्रस्तुत रहेन महोत्सव सचिवालयले जनाएको छ ।
    यसैगरी पुरानो सदरमुकाम गढीमा राष्ट्रिय खेलाडी सम्मिलित पदयात्रा, राम्रीकाँडा नजिक अस्थायी भ्यू टावर स्थापना तथा अवलोकन, गराउने महोत्सवका संयोजक चिन्तामणि शर्माले जनाए । 

No comments:

Post a Comment