दुई वर्षपछि ढक तराजु परीक्षण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ भदौ ।
    गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगंजले दुई वर्षपछि सुर्खेतमा आएर ढक तराजुको परीक्षण गरेको छ । सुर्खेत उद्योग बाणिज्य संघको समन्वयमा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सुर्खेतका व्यापारीहरुले सामान जोख्न प्रयोग गर्ने ढक तराजु तथा विद्युतीय तराजुहरुको चेकजाँच गरेको हो ।
संघको कार्यालयमा मंगलवारदेखि विहीवारसम्म ढक तराजु परीक्षण गरिने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । ढक तराजु परीक्षणका लागि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगंजका सहायक निरीक्षक गुरुप्रसाद पोखरेलको नेतृत्वमा तीन सदस्य टोली सुर्खेत आएको हो ।

No comments:

Post a Comment