ठकुरी समाजमा मल्ल

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सर्खेत, २६ भदौ ।
    ठकुरी एकता समाज नेपाल सुर्खेतको प्रथम वार्षिक साधारणसभाले कर्णबहादुर मल्लको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ । समाजको उपाध्यक्षमा गमला शाही, सचिव प्रकाश शाही, सहसचिव तीर्थराज शाह, कोषाध्यक्ष भीमबहादुर शाही चयन भएका छन् । यसैगरी अन्य सदस्यहरुमा हिक्मतबहादुर मल्ल, चेतमाया मल्ल, कर्णबहादुर शाही, कुलबहादुर खाँण, अम्मरकुमारी शाही, लोकबहादुर शाही, भद्रबहादर शाही, विना चन्द, महेन्द्र सिंह, तेजबहादुर शाही, चित्रबहादुर शाही, दिलबहादुर शाह, कृष्णबिक्रम शाह रहेका छन् ।
    खड्कबहादुर चन्दको सभापतित्व तथा ठकुरी एकता समाज नेपालका केन्द्रीय अध्यक्ष रवीन्द्रजंग शाहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गोविन्दबहादुर मल्ल, क्षेत्री समाज सुर्खेतका अध्यक्ष ईश्वर खड्का, विष्णुबहादुर शाही, पदमबहादुर शाहीलगायतयले आ–आफ्नो भनाइ राखेका थिए ।

No comments:

Post a Comment