अवरुद्ध लडाकू समायोजन आजदेखि

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २० भदौ ।
    माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने क्रममा अवरुद्ध भएको भर्ना छनोट प्रक्रिया आज विहीबारदेखि सुरु हुने भएपछि सहभागी हुन दशरथपुरस्थित छैठौं डिभिजनमा पूर्व लडाकूहरु जम्मा हुन थालेका छन् ।
    भर्ना प्रक्रिया अवरुद्ध भएपछि करिब दुई महिनादेखि सुनसान भएको दशरथपुर शिविर बुधबारदेखि पुन: चहलपहल सुरु भएको छ । समायोजन प्रक्रियाको टुंगो नभएका कारण कर्णाली अञ्चल बाहेकका पूर्व लडाकू घर वा आफन्तकोमा गएका थिए ।
    समायोजन प्रक्रिया सुरु हुने भएपछि घर गएका अधिकांश लडाकू दशरथपुरमा जम्मा भएको पूर्व लडाकु अनिल वमले बताए । उनले शिविरमा कमाण्डर तह बाहेकका ९० प्रतिशत सदस्य आएको जनाए ।
    उनले समायोजन नभइ नयाँ भर्तीको रुपमा छनोट गर्ने भए बाहिरिने उल्लेख गरे । सम्मानजनक भए प्रक्रियामा समावेश हुने नत्र बहिष्कार गर्ने उनको भनाइ छ । सेनाको भर्तीमा जाने मनस्थितिमा नभएको बमले बताए । भर्ना प्रक्रिया रोकिएको हुनाले घर गएका मध्ये १ सय ५० जना शिविरभित्र आएको भीम दल गणका मेजर विश्वनाथ पराजुलीले बताए । उनले बाहिर धेरै संख्यामा आएपनि भित्र पसेको रेकर्डमा डेढ सय रहेको जनाए । समायोजन रोजेका ५ सय ७२ मध्ये १ सय १८ जना प्लाटुन कमाण्डरदेखि डिभिजन कमाण्डरसम्म रहेका छन् ।

No comments:

Post a Comment