गणतन्त्रवादी नेता सिंहको निधन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
काठमाडौं, २७ भदौ ।
    गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको ७७ वर्षको उमेरमा विहीवार बिहान निधन भयो । विगत १० दिनदेखि अस्वस्थ सिंहको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो । उनको स्वास्थ्यस्थितिमा केही असहजता देखिएकाले बुधवार बेलुकीदेखि सघन उपचारकक्षको भेन्टिलेटर मा राखी उपचार थालिएको थियो । खुट्टा चलाउन अप्ठ्यारो हुने, ढाड दु:ख्ने, स्मरणशक्ति कमजोर हुने, उच्चरक्त चाप एवं मिर्गौलाको समस्या भएपछि उनलाई यही भदौ १७ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।
    गणतन्त्रका पक्षधर सिंह २०४२ सालमा बम काण्डमा संलग्न भएको भन्दै तत्कालीन सरकारले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तत्कालीन राष्ट्रिय पंचायतका एकजना सदस्यसहित तीनजनाको बम विष्फोटमा परी मृत्यु भएको थियो । मृत्युदण्डको सजाय सुनाइएका उनी त्यसैबेलादेखि भारतमा निर्वासन जीवन बिताइरहनु भएको थियो ।
    विसं २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि उनलाई आममाफी दिने घोषणा भए पनि २०५१ सालमा मात्र उनी स्वदेश फर्केका थिए । सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधवार दिउँसो उनको शव यात्रा गरी अन्त्यष्टि गरिएको छ । सिंहलाई १३ तोपको सलामी दिइएको थियो ।

No comments:

Post a Comment