कर्णालीमा जीप खस्यो, ४ बेपत्ता

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, २७ भदौ ।
    कालिकोटदेखि जुम्ला जाने क्रम तीला नदीमा बस खसेर २८ जनाको मृत्यु भएको ४८ घन्टा नवित्दै फेरि अर्को दुर्घटना भएको छ । दैलेखको पिपलबोट गाविसस्थित किट्टुभीरबाट कर्णाली नदीमा मालबाहक जीप खसेको छ ।
    बुधबार बिहान जीप खस्दा ४ जना बेपत्ता भएका छन् । कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको लु १ त २८२९ नम्बरको जीप दुर्घना हुँदा चालक सुरज कँडेलसहित चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजेतिर भएको दुर्घटनामा बेपत्ताको अन्यको परिचय खुलेको छैन । जीप सुर्खेत वीरेन्द्रनगरका कृष्ण आचार्यको भएको बताइन्छ ।
    दुर्घटनाको खबरपछि अछामको कालेकाँडा प्रहरीको टोली र दैलेखको राकमकर्णालीबाट प्रहरी टोली घटनास्थल पुगेको छ । राकम कर्णालीबाट गएको प्रहरी पुग्न कम्तिमा तीन घन्टा लाग्छ । उद्दारका लागि दैलेख पाल्ताडाबाट सशस्त्र प्रहरीको एउटा टोली पनि घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई वर्षअघि पनि सोही किट्टुभीरबाट कर्णाली नदीमा बस खस्दा ३८ जनाको मृत्यु भएको थियो ।
    यता कालिकोटमा बस दुर्घटनामा परी घाइते भएका मध्ये केहीको नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेहरुले समयमै उद्दार गर्न सकेको भए मानवीय क्षति कम हुने बताएका छन् ।

No comments:

Post a Comment