काफलकोटको वडा नं. ७ खुल्ला दिसामुक्त

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ भदौ ।
    काफलकोट गाविसको वडा नं. ७ दुर्पालालाई शनिवार खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । ३८ घुरधुरी रहेको सो वडामा ३७ वटा पक्की र एउटा कच्ची शौचालय बनेपछि दिसामुक्त घोषणा गरिएको हो ।
    यसैबर्षको चैत महिनामा गाविसलाई नै खुल्ला दिसामुक्त बनाउने अभियान स्वरुप अहिले त्यहाँ धमाधम शौचालय बनाउने काम जारी रहेको गाविसस्तरीय सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष लालबहादुर खड्काले जनाए ।
घोषणा कार्यक्रममा जिल्लास्तरीय खानेपानी स्वास्थ्य तथा सरसफाई समन्वय समितिका सदस्य जगत केसी, नेपाली कांगेस सुर्खेतका सचिव टेकबहादुर सिंह, जनज्योति उच्च माविका प्राचार्य रेशम महतारालगायतको उपस्थिति रहेको थियो । यसैवीच गाविसलाई खुल्ला दिसामुक्त घोषणा पूर्व तयारी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । ४९ जनाको उपस्थिति रहेको गोष्ठीमा सहजीकरण जगत केसी र टेकबहादुर कसेराले गरेका थिए । 

No comments:

Post a Comment