११३ लडाकू पहिलो चरणमा छनौट

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ भदौ ।
    दशरथपुरस्थित छैठौ डिभिजनमा १ सय १३ जना माओवादी लडाकूलाई नेपाली सेनामा भर्नाका लागि प्रारम्भिक छनौट गरिएको छ । आइतबारसम्म सेनामा समायोजनका लागि फाराम भरेकामध्ये १ सय १३ जनालाई भर्नाका लागि पहिलो चरणको शारीरिक व्यायाम परीक्षण गरिएको छ ।
    फाराम भर्ने काम संगसंगै छनौटको कामपनि सुरु गरिएको नेपाली सेनाका डिआइजी केशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार आइतबारसम्म छैठांै डिभिजनबाट २ सय ७० जना लडाकूले समायोजनका लागि फाराम भरेका छन् । आइतबार मात्रै ३६ जनाले फाराम भरेका छन् ।

No comments:

Post a Comment