राकममा प्राथमिक उपचारको सीप प्रदर्शन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ भदौ ।
    पूर्वी सुर्खेतको राकममा नेपाल रेडक्रस सोसाइटी उपशाखा राकम र नेपाल रेडक्रस सोसाइटी सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रमको आयोजनामा शनिवार प्राथमिक उपचारको सीप प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा हाड भँचाइ, रक्तश्राव, क्षोभ र कृत्रिम स्वासप्रश्वासका वारेमा प्रशिक्षक केशर गौतम, स्वयंसेवकहरु कल्पना मल्ल, पंकजनाथ योगी, वीरसिंह भण्डारी, जय विक, पार्वती वली  राकेश सापकोटाले व्यवहारिक सीप प्रदर्शन गरेका थिए ।
    उक्त कार्यक्रममा रेडक्रस सुर्खेतका मन्त्री देवप्रसाद गौतमले विद्यार्थी, सवारी चालकलगायत सवैको प्राथमिक उपचारमा पहुाच अभिबृद्धि गर्न र प्रत्येकका घरमा एक जना प्राथमिक उपचारक तयार गर्ने योजनामा सहयोग पुर्‍याउन आव्हान गरे । उपशाखा राकममा सभापति स्वामेन्द्र सिंहको सभापातित्वमा भएको कार्यक्रममा रेडक्रसका बरिष्ठ अधिकृत गोविन्दप्रसाद आचार्यले पनि मन्तव्य दिएको बताइएको छ ।

No comments:

Post a Comment