दैलेख, २८ भदौ ।
पछिल्लो समय भाइरल ज्वरोबाट मर्नेको संख्या र विरामी पर्नेको संख्या दिनप्रतिदिन वढदै गइरहेका वेला भाइरल ज्वरो न्यूनीकरण गर्न र अन्य गाविसमा फैलिन नदिन दलित महिला संघ दैलेखले सचेतना मुलक कार्यक्रम सुरु गरेको छ । पश्चिम दैलेखका विशाला, लकान्द्र चामुण्डा,लयाटीविन्दासैनी र वडलम्जी गाविसमा अभियान सुरु गरेको हो । गाविस सचिव र उपस्वास्थ्य चौकीका कर्मचारी, दलित महिला संघ र मावि र उच्चमाविका विद्यार्थीहरुमा अभियान थालिएको गाविस सचिव विकेन्द्र ढकालले बताए ।
केही दिन अघि भाइरल ज्वरोका कारण वडलम्जी–३ का ६० वर्षीय कर्णवीर कामी र लयाटीविन्द्रासैनी गाविस–१ का १७ वर्षीया दुर्गा कुमारी ढकाललको मृत्यु भएको थियो । बर्षाको मौसममा पानीबाट फैलिने विभिन्न खाले सरुवा रोगले महामारीको रुप लिन नपाओस् भन्ने उद्देश्यका साथ अभियान थालिएको दलित महिला संघकी अध्यक्ष पार्वती विसुन्केले बताइन् । दुषित खानेपानी र सरसफाईका अभावमा जिल्ला सबै गाविसमा भाइरल ज्वरो र अन्य सरुवा रोग फैलिन नदिन गाउँस्तरमा पानी उमालेर खाने, मकै उसिनेर खाने, शौचालय गइसकेपछि सावुनपानी वा खरानी पानीले राम्रो संग हातधुने जस्तो चेतनामूलक कुरा सिकाउने गरेको उनले बताइन् । पछिल्लो समय भाइरल ज्वरोबाट मर्नेको संख्या र विरामी पर्नेको संख्या दिनप्रतिदिन वढदै गइरहेका वेला भाइरल ज्वरो न्यूनीकरण गर्न र अन्य गाविसमा फैलिन नदिन दलित महिला संघ दैलेखले सचेतना मुलक कार्यक्रम सुरु गरेको छ । पश्चिम दैलेखका विशाला, लकान्द्र चामुण्डा,लयाटीविन्दासैनी र वडलम्जी गाविसमा अभियान सुरु गरेको हो । गाविस सचिव र उपस्वास्थ्य चौकीका कर्मचारी, दलित महिला संघ र मावि र उच्चमाविका विद्यार्थीहरुमा अभियान थालिएको गाविस सचिव विकेन्द्र ढकालले बताए ।
‘समयमै स्वास्थ्य जाँच गरौं, अकाल मृत्यु हुनबाट बचौं’ भन्ने नारा सहित ती गाविसमा झण्डै ८ सय जना विद्यार्थी परिचालन गरिएको छ । अभियानमा दलित महिला संघ दैलेखका प्रेम भुर्तेल, जम्बुकाँध उपस्वास्थ्य चौकीका जमा शाही र स्वास्थ्य चौकी इन्चार्ज करुणाखर खत्री संलग्न छन् । भाइरल फैलनुमा मुख्यत: दुषित खाना, पानी र विरामीसंगको लसपस भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले डा. सुशील भण्डारीले जानकारी दिए । नौमुल दरवन्दी रहेका भण्डारीले मात्र भाइरल प्रकोपदेखि प्रशासनको काम समेत गदै आएका छन् । रोगबाट बच्ने उपाय र लक्षण बारे जानकारी दिन सम्बन्धित गाविसका सामाजिक संस्थाहरुलाई परिचालन गरिएको छ ।
No comments:
Post a Comment