नेपालगन्ज, २८ भदौ ।
बाँकेका धेरैजसो गाविस सचिवहरुले गैरकानुनी विवाहलाई मान्यता दिंदै विवाह दर्ता गर्दै आएका छन् । राजनीतिक दलको दवाव र आर्थिक प्रलोभनमा परेर गाविस सचिवहरुले बालविवाह, वहुविवाह र करकापमा भएका विवाहलाई मान्यता दिन विवाह दर्ता गर्ने गरेको पाइएको छ ।
बाँके साईगाउँ गाविस–४ की सबाना अस्पसना कवाडिया र सोही ठाउँका मोहमद राईको जोडीलाई गाविस सचिव माधव सिंहले गत भदौ १८ गते विवाह दर्ता गरिदिएको पाइएको छ । विवाह दर्ता गर्दा अस्पसनाको उमेर १७ वर्ष थियो भने राईको उमेर १८ वर्ष ।
अस्पनाले राईको ६ महिने गर्भ बोकेकी छन् । जवर्जस्ती करणी वा आपसी यौन सम्बन्ध के बाट गर्भ रह्यो भन्ने खुल्न नपाई उक्त घटनालाई लुकाउन गाउँले मिलेर दुवै जनाको विवाह गरिदिएका थिए । उक्त विवाहलाई वैधानिकता दिन गाविस सचिव सिंहले कम उमेरकी किशोरीको कानुन विपरित विवाह दर्ता गरिदिएका छन् ।बाँकेका धेरैजसो गाविस सचिवहरुले गैरकानुनी विवाहलाई मान्यता दिंदै विवाह दर्ता गर्दै आएका छन् । राजनीतिक दलको दवाव र आर्थिक प्रलोभनमा परेर गाविस सचिवहरुले बालविवाह, वहुविवाह र करकापमा भएका विवाहलाई मान्यता दिन विवाह दर्ता गर्ने गरेको पाइएको छ ।
बाँके साईगाउँ गाविस–४ की सबाना अस्पसना कवाडिया र सोही ठाउँका मोहमद राईको जोडीलाई गाविस सचिव माधव सिंहले गत भदौ १८ गते विवाह दर्ता गरिदिएको पाइएको छ । विवाह दर्ता गर्दा अस्पसनाको उमेर १७ वर्ष थियो भने राईको उमेर १८ वर्ष ।
खजुराखुर्द गाविसका सचिव शशिधर पोख्रेलका अनुसार यसरी विवाह दर्ता गर्नु बाँकेमा सामान्य जस्तै हो । गाविस सचिवको काम घटना दर्ता गर्ने मात्र भएको दावी गर्दै पोख्रेलले भने, ‘हामीलाई कस्तो प्रकारको विहे हो भन्ने सोध्न जरुरी छैन ।’ गैरकानुनी विवाह बढ्दै जाँदा विभिन्न अपराधहरु पनि बृद्धि भइरहेका बेला गाविस सचिवहरुले जथाभावी विवाह दर्ता गरिदिनाले त्यसपछि थुप्रै जोडीको जीवन अन्धकारमय हुंदै आएको छ ।
मुलुकी ऐन विहेवारीको महल अनुसार, विवाह गर्नलाई युवकको उमेर २२ बर्ष र युवती उमेर २० बर्षको हुनुपर्छ । नेपालगन्जका अधिवक्ता पदम पाण्डेले उमेर नपुगेकाको विवाह गैरकानुनी ठहर्ने बताए । तर साईगाउँका गाविस सचिव सिंहले नावालिक उमेरमै विवाह दर्ता दिएका छन् । ‘उमेर नपुगी विवाह गर्दा विवाहको चाँजोपाँचो मिलाउनेसम्म कारवाहीको भागिदार हुन्छ,’ पाण्डेले भने ।
नावालिकलाई विवाह दर्ता दिने गाविस सचिव सिंहले भने आफूले चलेको चलन पालना गरेको दावी गरेका छन् । उनले गाविस सचिवले घटना दर्ता गर्ने अधिकार रहेको तर त्यो वैध अवैध के हो भन्ने हेर्न आवश्यक नभएको भन्दै आफ्नो बचाउ गरे । ‘यस्तो जन्मदर्ता त जहाँपनि दिन्छन्,’उनले भने ।
गाविस सचिव सिंहका अनुसार पूर्व मन्त्री तथा मधेशी जनअधिकार फोरमका नेता इस्तियाक राई लगायतका गाउँका अगुवाले सबाना र राईबीच विवाह गराइदिनेदेखि विवाह दर्ता गराउनसम्मको पहल गरेको बताए । ‘युवतीको भविष्य नबिग्रियोस् भन्नका लागि उहांहरु सबैले भनेपछि मैले मान्नै पर्यो,’ गाविस सचिव सिंहले भने । यता जिल्ला विकास समिति बाँकेका प्रशासकीय अधिकृत दिपक ढकालले घटना दर्ता ऐनले गाविस सचिवलाई विवाह दर्ता गर्ने मात्र भनेको र त्यो विवाह कस्तो हो भनेर सोधखोज गर्न बाध्य नपारेको बताए ।
उनले भने, ‘त्यो विवाह बालविवाह हो कि बहुविवाह हो गाविस सचिवलाई मतलव हुदैन ।’ तर अधिवक्ता पाण्डेले मुलुकी ऐन अनुसार, गाविस सचिवलाई कारवाही हुने बताए । ‘नाबालिक विवाहलाई मान्यता दिने गरी विवाह दर्ता गर्ने अधिकार कसले दियो ?’ अधिवक्ता पाण्डेले भने, ‘कानुननले उमेर नपुगी विवाह गर्नु गैरकानुनी हो भन्दा भन्दै त्यसैलाई चुनौती दिंदै अझ सरकारी निकायले नै यस्तो गर्न मिल्दैन ।’
बाँकेकै कतिपय गाविस सचिवहरु विवाह दर्ता गर्दा त्यो विहे कानुनी हो कि गैरकानुनी होभन्ने बुझ्ने गरेका छन् । बाँकेकै ठूलो गाविस भित्र पर्ने कोहलपुर गाविसका सचिव अम्मर खत्रीले बालविवाहलाई आफूले कहिल्यै विवाह दर्ता नगर्ने गरेको बताए । ‘मुलुकी ऐनले नै २० बर्ष भन्दा कम उमेरमा विहे गरेकालाई बालविवाह मान्छ । अब हामीले त्यसलाई बैधानिकता दिने गरी कसरी विवाह दर्ता गर्न मिल्छ,’ उनले भने ।
No comments:
Post a Comment