दैलेख, २९ भदौ ।
दैलेखका ४ जना युवाको भारतको उत्तराञ्चल प्रदेशमा पुरिएर मृत्यु भएको छ । उत्तराञ्चल प्रदेशको रुद्रप्रयागको गल्दामस्थित रासन गोदाममा कार्यरत उनीहरुको मृत्यु भएको हो । बिहीबार राती १२ बजेतिर सुतिरहेको अवस्थामा पहिरो खसेपछि गोदाम घर भत्किएको थियो । त्यहाँ कार्यरत दुर्गा भण्डारीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दैलेख तिलेपाटा गाविस–४ का मनबहादुर शाही, जयरुप शाही, तोलीजैसी गाविस–६ का शमशेर शाही र बमबहादुर शाही रहेका छन् ।
शम्शेर र बमबहादुर सहोदर दाजुभाइ हुन् । तिलेपाटा–४ का जनकबहादुर शाहीलाई घाइते अवस्थामै उद्दार गरिएको छ । मृतक चारैजना ४० वर्षभन्दा मुनिका रहेको भण्डारीले टेलिफोनमार्फत जानकारी दिए । मृत्युको खबरले परिवारमा रुवाबासी चलेको आफन्तले बताए । दैलेखका ४ जना युवाको भारतको उत्तराञ्चल प्रदेशमा पुरिएर मृत्यु भएको छ । उत्तराञ्चल प्रदेशको रुद्रप्रयागको गल्दामस्थित रासन गोदाममा कार्यरत उनीहरुको मृत्यु भएको हो । बिहीबार राती १२ बजेतिर सुतिरहेको अवस्थामा पहिरो खसेपछि गोदाम घर भत्किएको थियो । त्यहाँ कार्यरत दुर्गा भण्डारीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दैलेख तिलेपाटा गाविस–४ का मनबहादुर शाही, जयरुप शाही, तोलीजैसी गाविस–६ का शमशेर शाही र बमबहादुर शाही रहेका छन् ।
मा
No comments:
Post a Comment