सुर्खेत (छिन्चु), २९ भदौ ।
छिन्चु गाविसस्थित गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था मध्यपश्चिमकै उत्कृष्ट सहकारी घोषित भएको छ । नेपाल बचत तथा केन्द्रीय सहकारी संघ (नेप्सकुन) ले गंगामाला सहकारीलाई मध्यपश्चिम विकास क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा घोषणा गरेको हो ।
सहकारीको शुक्रवार आयोजित १५ औं बार्षिक साधारणसभामा नेप्सकुनका केन्द्रीय संचालक सदस्य दामोदर अधिकारीले समाजमा आर्थिक परितर्वन गर्नका लागि गंगामाला सहकारीले पुर्याएको योगदानको कदर गर्दै मध्यपश्चिम क्षेत्रबाट उत्कृष्ट सहकारी घोषणा गरिएको बताए । नेपालमा २४ हजार सहकारीमध्ये १२ हजार बढी बचत तथा ऋण सहकारी भएको र नेप्सकुनमा १२ सय ९३ सहकारीले २५ अर्वभन्दा बढी रकम परिचालन गरेको जानकारी उनले दिए ।
गंगामाला उत्कृष्ट सहकारी घोषित भएपछि यस क्षेत्रको सहकारी अभियानको नेतृत्व गर्न सुझावपनि उनले दिए । उनले सहकारीहरुले ऋणभन्दा बचतलाई प्राथमिकता दिन सुझाव दिए । यस्तै नेप्सकुनका बरिष्ठ कार्यक्रम अधिकृत शिव अधिकारीले नेप्सकुनमा आवद्ध सहकारीहरुले लघुवित्तलगायतका कार्यक्रमहरु गरिरहेको बताउँदै गरीव, न्यून आय र महिलालाई सहभागी गराउन सुझाव दिए । छिन्चु गाविसस्थित गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था मध्यपश्चिमकै उत्कृष्ट सहकारी घोषित भएको छ । नेपाल बचत तथा केन्द्रीय सहकारी संघ (नेप्सकुन) ले गंगामाला सहकारीलाई मध्यपश्चिम विकास क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा घोषणा गरेको हो ।
सहकारीको शुक्रवार आयोजित १५ औं बार्षिक साधारणसभामा नेप्सकुनका केन्द्रीय संचालक सदस्य दामोदर अधिकारीले समाजमा आर्थिक परितर्वन गर्नका लागि गंगामाला सहकारीले पुर्याएको योगदानको कदर गर्दै मध्यपश्चिम क्षेत्रबाट उत्कृष्ट सहकारी घोषणा गरिएको बताए । नेपालमा २४ हजार सहकारीमध्ये १२ हजार बढी बचत तथा ऋण सहकारी भएको र नेप्सकुनमा १२ सय ९३ सहकारीले २५ अर्वभन्दा बढी रकम परिचालन गरेको जानकारी उनले दिए ।
यसैवीच संस्थाले १५ औं बार्षिक साधारणसभा मनाएको छ । संस्थाले बचततर्फ ९५ लाख २५ हजार ७५६ रुपैयाँ र ऋणतर्फ १ करोड ५६ लाख ८१ हजार ५०४ रुपैयाँ लगानी गरेको छ । संस्थाले डेरी उद्योग संचालन, अति गरीब उत्थान कार्यक्रम, शंखेकिरा नियन्त्रण कार्यक्रमहरु संचालन गरेको छभने बृद्धभत्ता, सुत्केरी भत्ता, अपांग भत्ता, छात्रवृत्ति पनि प्रदान गर्दै आएको संस्थाका सचिव यज्ञप्रसाद ढकालले बताए । संस्थाले गत आर्थिक बर्षमा ९ लाख ७३ हजार २६७ रुपैयाँ शुद्ध बचत गर्न सफल भएको छ ।
संस्थाले आगामी बर्षदेखि आफ्नो कार्यक्षेत्र विस्तार गर्ने लक्ष्य राखेको छ । कल्याण, दशरथप’र, लेखफर्सा, गुमी दहचौर, घुमखहरे, मालारानी, सहारे र धारापानी गाविसमा कार्यक्रम विस्तार गर्ने योजना रहेको संस्थाका कोषाध्यक्ष गोकर्णबहादुर गुरुङले बताए । उनले विधवा भत्तालगायत अन्य सुविधाहरुलाई निरन्तरता दिइने जनाए । संस्थाले विकास निर्माण, सामुदायिक स्वास्थ्य कार्यक्रम, उन्नत पशुपालन तथा नश्ल सुधार कार्यक्रम, कृषि तथा तरकारी उत्पादन कार्यक्रम, वीऊ उत्पादन कार्यक्रम, रेमिट्यान्स कार्यक्रम गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । कार्यक्रम संस्थाका अध्यक्ष भीमप्रसाद पौडेलको सभापतित्वमा भएको हो ।
No comments:
Post a Comment