सुर्खेत, २९ भदौ ।
कुनाथरी गाविसलाई शुक्रवार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । एक कार्यक्रमको आयोजना गरी उक्त गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । योसंग जिल्लामा खुल्ला दिसामुक्त गाविस हुनेको संख्या १७ पुगेको छ ।
गाविस सचिव लालबहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी ओमदत्त रेग्मी, नेपाली कांग्रेसका कोषाध्यक्ष गोविन्द कोइराला, एमाले जिल्ला कमिटी सदस्य ताराकेशर गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए । कूल १ हजार ६ सय ७२ घरधुरीमा १ हजार ६ सय ४५ पक्की र २७ वटा कच्ची शौचालय निर्माण गरिएका छन् । यस्तै बड्डिचौरमा एउटा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ । कुनाथरी गाविसलाई शुक्रवार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । एक कार्यक्रमको आयोजना गरी उक्त गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । योसंग जिल्लामा खुल्ला दिसामुक्त गाविस हुनेको संख्या १७ पुगेको छ ।
No comments:
Post a Comment