जन उच्च र कोलडाँडामा कार्यक्रम

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २२ भदौ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा जन उच्च मावि वीरेन्द्रनगरमा अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा युवराज रिजाल प्रथम, धिरेन्द्रजग शाही द्वितीय, हेमन्त आचार्य तृतीय र लावण्यदेवी रेग्मी सान्त्वना भएका छन् । विद्यार्थी गोविन्द बमको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्राचार्य यामबहादुर श्रेष्ठ, पूर्व प्रअ मीनबहादुर केसी, विव्यस सदस्य यामलाल गौतम, कार्यक्रम संयोजक गोमा गिरीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
    यसैगरी सोही अवसरमा प्रभात मावि कोलडाँडामा साहित्य कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता, गजल, निवन्धलगायत शिक्षामूलक रचनाहरु प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक ऋषिप्रसाद थानीको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद बराल, विव्यस अध्यक्ष नहकुल संज्याल, शिक्षक रगवीर विश्वकर्मा, हिरामणि पोख्रेललगायतले बोलेका थिए ।

No comments:

Post a Comment