सुर्खेत, २२ भदौ ।
शान्ति स्थापनालाई सहयोग गर्ने भन्दै नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले थालेको सडक नाटक ‘हराएको बाटो’ को शुक्रवार वीरेन्द्रनगरमा प्रदर्शन गरी समापन गरिएको छ । यसअघि उक्त सडक नाटक बड्डिचौर र बोटेचौरमा प्रदर्शन गरिसकिएको छ । प्रकाश तारमीमगरको लेखन तथा निर्देशन रहेको सडक नाटकमा मधुसुधन थापामगर, खड्ग थापा, विहानी राना, माया गुरुङ, तुल्साराम बारघरे, कमला दर्लामी, अमिषा सिंजापति, शान्ति सोति र करनसिंह कुमालले अभिनय गरेका छन् ।
सडक नाटकमा सहभागी हुदै नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले मुलुकले शान्ति चाहिरहेको बेलामा सबैले आ–आफ्नो क्षेत्रबाट शान्तिका लागि कदम चाल्नुपर्नेमा जोड दिए । शान्ति स्थापनालाई सहयोग गर्ने भन्दै नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले थालेको सडक नाटक ‘हराएको बाटो’ को शुक्रवार वीरेन्द्रनगरमा प्रदर्शन गरी समापन गरिएको छ । यसअघि उक्त सडक नाटक बड्डिचौर र बोटेचौरमा प्रदर्शन गरिसकिएको छ । प्रकाश तारमीमगरको लेखन तथा निर्देशन रहेको सडक नाटकमा मधुसुधन थापामगर, खड्ग थापा, विहानी राना, माया गुरुङ, तुल्साराम बारघरे, कमला दर्लामी, अमिषा सिंजापति, शान्ति सोति र करनसिंह कुमालले अभिनय गरेका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका मध्य तथा सुदूरपश्चिम फिल्ड संयोजक राजन डोने, महासंघका सहसहचिव अशोक राजी, कुमाल संघ नगरका अध्यक्ष लालबहादुर कुमाल, एकल महिला संघका अध्यक्ष शिलतसिह राठौर, खाम्पा समाजका कृष्णबहादुर रोकाय खाम्पा, नगर युवा संजालका सदस्य चन्द्रा थापामगर, कुमाल समाज नगरका अध्यक्ष लाल बहादुर कुमाल लगायतको सहभागी रहेको थियो ।
No comments:
Post a Comment