इमी जडिबुटीको साधारणसभा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ भदौ ।
इमी जडिबुटी उत्पादक सहकारी संस्था लि. वीरेन्द्रनगर–६, सुर्खेतको छैठौं साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष इन्द्रलाल गिरीको सभापतित्व एवं डिभिजन सहकारी प्रमुख आनन्द सारुको प्रमुख आथित्यतामा सम्पन्न भेलामा सचिव विपेन्द्र विक्रम शाह र कोषाध्यक्ष मणिराम शर्माले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अबसरमा सुर्खेत उद्योग वाणिज्य संघका मोतिप्रसाद कँडेल, सहकारीका सल्लाहकार कृष्णकुमार ढकाल, लोकबहादुर खड्का, बलराम रेग्मी, भोजराज शर्मालगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment