सुर्खेती कलाकारको ‘स्टुडेन्ट लाइफ’

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ भदौ ।
    सुर्खेतका स्थानीय कलाकारहरुले ‘स्टुडेन्ट लाइफ’ नामक चलचित्र निर्माण गरेका छन् । करिव ३ महिनाको अवधिमा उनीहरुले उक्त चलचित्रको निर्माण कार्य सकेका छन् । शनिवार पत्रकार सम्मेलन गरी चलचित्र निर्माण पक्षले अव चलचित्रको सम्पादन र मिक्सिङका लागि काठमाडौं जाने तयारी भएको जानकारी दिएको छ ।
    सुजल इन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको उक्त चलचित्रको निर्देशक धुर्वेन्द्र शाही र नवीन रेग्मी रहेका छनभ्ने निर्माता वलभद्र खत्री छन् । त्यस्तै द्वन्द्व योगश विसी, छायांकन रविन गुरुङको छ । कलाकारहरुमा विनोद कँडेल, मेघा थापा, धुर्वेन्द्र शाही, गणेश खत्री, मीनराज थापा, सन्तोष थापा, दिप्ती शाही, योजना गुरुङ, नवीन रेग्मी लगायत छन् ।
    चलचित्रका निर्देशक धुव्रेन्द्र शाहीले एसएलसी उत्तीर्ण गरेपछिका विद्यार्थीहरुको जीवनकथा नै चलचित्रमा समेटिएको बताए । अहिलेसम्म ८ लाख रकम खर्च भइसकेको जानकारी दिदैं उनीहरुले अवको केही समयभित्र चलचित्र प्रदर्शन गरिने उल्लेख गरे । चलचित्र वीरेन्द्रगर बहुमुखी क्याम्पसलगायत उपत्यकाभित्र छायांकन
गरिएको छ ।

No comments:

Post a Comment