जाजरकोट, २८ भदौ ।
चन्द्रदीपक मावि नाहाडाका कक्षा ९ मा अध्ययनरत छात्रा समीक्षा बुढा विद्यालय नगएको दुई हप्ता भैसक्यो । अचेल उनी विद्यालयको साटो घर नजिकै बाँदर धपाउन बनाइएको कटेरोमा बस्दैमा दिन बिताउने गरेकी छन् । भर्खर पसाउन थालेका मकै बाँदर आएर खाइदिन थालेपछि अभिभावकले उनलाई विद्यालयको सट्टा बाँदर हेर्ने जिम्मा लगाइ दिएका छन् । उनी मात्र होइन जाजरकोटको पश्चिमी क्षेत्रका अधिकांश विद्यार्थीहरु बाँदर धपाउन दिनभर बारीमा बस्न थालेपछि विद्यालयहरुमा विद्यार्थीको न्यून उपस्थिति हुन थालेको छ । विद्यालयमा २० प्रतिशत विद्यार्थीपनि उपस्थित नहुने गरेको हालै विद्यालयको अनुगमनमा त्यहाँ पुगेका जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धीरेन्द्र शर्माले बताए ।
उनका अनुसार साल्मा, दशेरा, कार्कीगाउँ, थालारैकर लगायतका गाविसका अधिकांश विद्यालयमा बिद्यार्थी नै आउन छाडेका छन् । कालिका निमावि साल्ममा ३ सय बढी विद्यार्थी मध्ये ७ जना मात्र उपस्थित भएको आफूले पाएको र किन यस्तो भन्दा विद्यार्थी बाँदर हेर्नको लागि नआउने गरेको विद्यालय निरीक्षक शर्माले सुनाए ।चन्द्रदीपक मावि नाहाडाका कक्षा ९ मा अध्ययनरत छात्रा समीक्षा बुढा विद्यालय नगएको दुई हप्ता भैसक्यो । अचेल उनी विद्यालयको साटो घर नजिकै बाँदर धपाउन बनाइएको कटेरोमा बस्दैमा दिन बिताउने गरेकी छन् । भर्खर पसाउन थालेका मकै बाँदर आएर खाइदिन थालेपछि अभिभावकले उनलाई विद्यालयको सट्टा बाँदर हेर्ने जिम्मा लगाइ दिएका छन् । उनी मात्र होइन जाजरकोटको पश्चिमी क्षेत्रका अधिकांश विद्यार्थीहरु बाँदर धपाउन दिनभर बारीमा बस्न थालेपछि विद्यालयहरुमा विद्यार्थीको न्यून उपस्थिति हुन थालेको छ । विद्यालयमा २० प्रतिशत विद्यार्थीपनि उपस्थित नहुने गरेको हालै विद्यालयको अनुगमनमा त्यहाँ पुगेका जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धीरेन्द्र शर्माले बताए ।
त्यस्तै ३ सय ५० विद्यार्थी रहेको चन्द्रदीपक मावि नाहाडामा ८० जना मात्र विद्यार्थी उपस्थित हुने गरेको स्थानीय खडक विसीले बताए । अधिकांश विद्यालयमा विद्यार्थी नआउँदा शिक्षकहरु दिनभर बसेर दिन बिताउने गरेको स्रोत ब्यक्ति कृष्ण गिरीले बताए । उनका अनुसार त्यसबारे अभिभावकसंग समेत अन्तरक्रिया गर्दा बर्ष दिनभर खाने अन्न जोगाउनका लागि पढाइ छोड्न बाध्य भएको प्रतिक्रिया दिएका थिए । जिल्लाका करिब १ सय ५० विद्यालयमा यस्तो समस्या देखिएको स्रोत ब्यक्ति गिरीले जानकारी दिए । मकै नपाक्दासम्म त्यस क्षेत्रमा पठनपाठन प्रभावित हुने भएको छ ।
No comments:
Post a Comment