सहारेसमा सार्वजनिक सुनुवाइ

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २१ भदौ ।
    सहारे गाविसको सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा सहारेमा बिहीबार सार्वजनिक सुनुवाई गरिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहारे गाविसमा आगामी वर्षदेखिको कार्यक्रममा लक्षित वर्गका लागि निर्देशिका अनुसारको रकम विनियोजन गर्ने, प्रत्येक योजनाको गाउँ परिषद प्रतिनिधिबाट अनुगमन गर्ने, गाविस अन्तर्गतका विद्यालयहरुको छात्रवृत्ति वितरणका लागि गाविसको बैठकमार्फत स्रोतकेन्द्रमा पत्राचार गर्ने र गाविस अन्तर्गतका सरकारी कार्यालयको अनुगमन राजनितिक दलका प्रमुखबाट गरी सेवाप्रदायक संस्था मध्येबाट एउटा संस्थालाई पुरस्कृत गर्ने प्रतिबद्धता जनाइएको छ ।

No comments:

Post a Comment