गोष्ठी सम्पन्न

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २१ भदौ ।
    सबैका लागि शिक्षको राष्ट्रिय उद्देश्य पुरा गर्न सहयोग पुर्‍याउने विद्यालय शिक्षा शासनका लागि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको कार्यशैली संयन्त्र सम्बन्धी अभिमुखीकरण तथा नीति निर्माणमा सझाव संकलन र अध्ययन प्रतिवेदन छलफल गराउने उद्देश्यले दलित सेवा संघ सुर्खेत र नेशनल क्याम्पेन फर एजुकेशन नेपालको आयोजनामा विहीवार दुई दिने गोष्ठी सम्पन्न भएको छ ।
    क्षेत्रीय शिक्षा निर्देशक नीरा शाक्यको उपस्थितिमा शिक्षामा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षक पेशासंग सम्बन्धित संघ, संगठन, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक समिति, पत्रकार, विद्यार्थीलगायत ३५ जनाको सहभागिता रहेको गोष्ठीमा गुणस्तरीय बालमत्री शिक्षाको लागि विद्यालय राष्ट्रिय प्रारुप २०६७ को बारेमा अभिमुखीकरण तथा राष्ट्रियस्तर तथा सुर्खेत जिल्लामा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको कार्यशैली संयन्त्र सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत र छलफल गरिएको थियो ।

No comments:

Post a Comment