सुर्खेत, २३ भदौ ।
राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघ सुर्खेतको जिल्ला भेला शनिवार सम्पन्न भएको छ । संगठनका केन्द्रीय सदस्य धीरेन थापाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले मोहन थापाको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष सुनील विक, सचिव तुलाराम विष्ट, कोषाध्यक्ष बेदप्रसाद रावल छन् ।
भेलाले वर्तमान कामचलाउ सरकारले अध्यादेशबाट देश चलाएर अधिनायकवादी शैलीमा गएको, मूल्यबृद्धि गरेकोमा देशव्यापी रुपमा थालिएको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । भेलाले अहिलेको मुलुकको संकटको निकास संविधानसभाको पुनस्र्थापना नभएर नयाँ निर्वाचन नै भएको निष्कर्ष निकाल्दै राष्ट्रिय सहमतिको सरकारका लागि पनि अघि बढ्न सुझाव दिएको छ । राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघ सुर्खेतको जिल्ला भेला शनिवार सम्पन्न भएको छ । संगठनका केन्द्रीय सदस्य धीरेन थापाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले मोहन थापाको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष सुनील विक, सचिव तुलाराम विष्ट, कोषाध्यक्ष बेदप्रसाद रावल छन् ।
भेलाले आगामी असोज १५ र १६ गते नेपालगन्जमा हुने राष्ट्रिय भेलापछि सुर्खेतको चौथो जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै संघीयता खारेजी हुनुपर्ने पनि भेलामा जनाएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाकै अर्को भातृ संगठन जातीय समाज सुर्खेतको दोस्रो जिल्ला भेला पनि सम्पन्न भएको छ । भेलाले लालबहादुर नेपालीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष राकेश बसेल, सचिव भुपेन्द्र नेपाली, कोषाध्यक्ष हिरा विक तथा सदस्यहरुमा यामबहादुर विक, मानबहादुर सटाली, लक्ष्मी सुनार, भानु पोख्रेल, प्रेम बैगार छन् ।
No comments:
Post a Comment