निर्देशक शाक्यलाई उत्कृष्ट निजामति सेवा पुरस्कार

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ भदौ ।
    मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतका निर्देशक निरा शाक्य यसबर्षको उत्कृष्ट निजामति कर्मचारी पुरस्कारबाट पुरस्कृत भएकी छन् । नेपाल सरकारले निजामति सेवा दिवस २०६९ का अवसरमा शाक्यलाई एक लाख नगद राशीको उत्कृष्ट निजामति सेवा पुरस्कारबाट पुरस्कृत गरेको हो । उनीसहित १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई ५० हजार राशीको निजामति सेवा पुरस्कार प्रदान गरेको छ । त्यस्तै यसबर्षको सर्वोत्कृष्ट निजामति पुरस्कार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्लेलाई दिइएको छ । उक्त पुरस्कारको राशी २ लाख रहेको छ ।
    आफू उत्कृष्ट निजामति कर्मचारी पुरस्कारबाट पुरस्कृत भएपछि खुशी र जिम्मेवारी बोध भएको उनले बताइन् । निजामति कर्मचारीको रुपमा ३० बर्षदेखि कार्यरत रहेको आफ्नो लागि अहिलेको क्षण नै सवैभन्दा अविष्मरणीय रहेको निर्देशक शाक्यको भनाइ छ । काम गर्दै जाँदा एक दिन अवश्य मूल्यांकन हुने रहेछ भन्दै उनले शिक्षा क्षेत्रमा आफूलाई अझै काम गर्ने हौसला मिलेको अनुभव सुनाइन् । विगत १० महिनादेखि शाक्य मप क्षेत्रीय शिक्षा निर्देशकका रुपमा सुर्खेतमा छिन् ।
    यसैगरी यसबर्ष पुरस्कृत हुने यस मध्यपश्चिम क्षेत्रका अन्य कर्मचारीमा जिल्ला विकास समितिको कार्यालय रोल्पाका स्थानीय विकास अधिकारी रमेश न्यौपाने, मालपोत कार्यालय जाजरकोटका कार्यालय सहयोगी किशोर केसी, कृषि कार्यालय कालिकोटका प्रा.स. चन्द्रमान विक छन् । 

No comments:

Post a Comment