सुर्खेत, २३ भदौ ।
सिअहेव र सिअनमीहरुले राखेको मागहरु पूरा गर्ने आश्वासन राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले दिएको छ । शनिवार भएको वार्ता पछि केन्द्रले माग पूरा गर्ने आश्वासन दिएपछि संघर्ष स्थगित भएको छ । संघर्ष समितिका संयोजक रुकुमबहादुर विकका अनुसार आफूहरुले पाउँदै आएको निर्वाह खर्च २ सय ५५ बाट ५ सय रुपैयाँ, खाजा खर्च ५० बाट १ सय रुपैयाँ र स्टेशनरी खर्च १ सयबाट ३ सय रुपैयाँ बनाउनुपर्ने माग पूरा गर्ने आश्वासन दिइएको छ ।

त्यस्तै सिअहेव स्तरबृद्धिको कोष सकिएपछि एमएलपी सकिना साथै पाँच वटै विकास क्षेत्रको नतिजा एकैपटक प्रकाशित गर्नेपनि भएको छ । वार्तामा संयोजक विकसहित दिपबहादुर रावल, गुरु छोइङ लामा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका डा. रामु शर्मा पौडेल, मप क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र सुर्खेतका प्रमुख रमेशप्रसाद अधिकारी संलग्न थिए ।
No comments:
Post a Comment