अन्तरक्रिया सम्पन्न

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ भदौ ।
कटकुवा सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर—८ इत्रामको आयोजनामा एक दिने वन संरक्षण संवद्र्धन सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । समूहका अध्यक्ष गंगाराम सुनारको सभापतित्व एवं जिल्ला रेन्जपोष्टका प्रमुख मिलन गोविन्द बैद्यको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा वन संरक्षणका विभिन्न उपायका वारेमा जानकारी गराइएको थियो ।

मिलन गोविन्द वैद्य र फरेष्टर अमृतलाल कँडेलले सहजीकरण गरेको कार्यक्रममा इत्राममा रहेका १३ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment