अविवाहित नायिकाको नजरमा राजेश हमाल

Bookmark and Share 
नेपाली चलचित्रमा २२ बर्षदेखि सक्रिय नायक राजेश हमालका लाखौं भ्यान छन् । उनलाई विभिन्न कोणबाट रुचाउनेहरुको संख्या धेरै नै छ । तर, नेपाली चलचित्रका अविवाहित नायिकाहरु हमाललाई कसरी चिन्छन् त ? 
सुमिना घिमिरे:
हमालको श्रीमती बन्न मन छ । ओहो, राजेश हमालको कुरा त के गर्ने, म उहाँको साह्रै ठूलो फ्यान हुँ । उहाँको बोल्ने स्टाइलले त भुतुक्कै पार्छ मलाई । उहाँको बानी ब्यहोरा, समयमा छायांकन स्थलमा आउने बानी मनपर्छ । उहाँ निक्कै जेन्टल हुनुहुन्छ । उहाँको उचाई साह्रै सेक्सी छ । हेरेपछि हेरिरहुँ जस्तो । उहाँले अब बिहे गर्न लागेका खबरहरु पनि सुनिरहेको छु । सायद आजसम्म उहाँले बिहेको बारेमा सोच्न नै भ्याउनु नै भएन । सिनेमा क्षेत्रलाई हाँक्दा हाँक्दै बिहेलाई उहाँले आजसम्म टाढा नै राख्नु भएको होला जस्तो लाग्छ । राजेश हमाल सुट पाइन्टमा खुवै राम्रो देखिनुहुन्छ । नेपाली सिनेमामा उच्च योगदान गरेकै भएकाले उहाँलाई महानायक भनिएको जस्तो लाग्छ । अब उहाँले विहे गर्नुपर्छ । ३० बर्षको हारहारीको युवतीसंग बिहे गर्दा ठिक होला भन्ने लाग्छ मलाई । अब मलाई उहाँसंग श्रीमतीको भूमिकामा काम गर्ने मन लागेको छ ।
अनु शाह :
हमालको प्रेमीका बन्ने मन छ । नायक राजेश हमाल मलाई एकदमै मनपर्ने कलाकार हुनुहुन्छ । उहाँले चलचित्रमा जसरी संवाद वोल्नु हुन्छ त्यसको त म फ्यान हुँ । सिनेमाको पर्दामा उहाँले देखाउने हाउभाउ पनि खुवै मनपर्छ । मलाई उहाँको व्यक्तित्वले खुवै आकर्षण गरेको छ । उहाँको आँखा साह्रै सेक्सी छ । हेर्ने वित्तिकै मोहनी लगाउनुहुन्छ जस्तो लाग्छ मलाई त । राजेश हमाल आजसम्म किन विहे नगरी बस्नु भएको होला भनेर कहिलेकाही मैले पनि सोच्ने गर्दछु । सायद उहाँलाई बिहे नै नगरी बस्न मन लाग्यो होला । उहाँ सुट र पाइन्टमा खुवै ह्यान्डसम देखिनुहुन्छ । लामो समयदेखि नेपाली सिनेमा क्षेत्रलाई हाँकेकोले उहाँलाई महानायक भनिएको होला जस्तो लाग्छ मलाई । उहाँले अब विहे गर्नुपर्छ भन्ने लाग्छ । बिहे गर्दा उहाँलाई ३५ बर्षसम्मकी युवती खुबै सुहाउँछ । अब उहाँको प्रेमीका बनेर काम गर्ने खुबै ठूलो रहर छ ।
बेनिसा हमाल
हमालले केटी नपाएर होला
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको धरोहर हो । उहाँको म सानैदेखिको ठूलो फ्यान
हुँ । उहाँले सिनेमाको पर्दामा आफ्नो भूमिकालाई धेरै नै ख्याल गर्नुहुन्छ । उहाँलाई सुटिङमा आउँदा बाहिरी कुराले खासै प्रभाव पार्दैन । टेक नभएको समयमा पुस्तक पढेर बस्ने उहाँको बानी साह्रै राम्रो लाग्छ । उहाँको व्यक्तित्व, आम मानिससंग बोल्ने तरिका र आफूलाई जुन तबरबाट उहाँले मेनटेन गरिरहनु भएको छ, यसबाट म धेरै नै आकषिर्त रहेको छु । उहाँको आँखा साह्रै सेक्सी लाग्छ । उहाँ आजसम्म अविवाहित रहनुको कारण सोचेजस्तो केटी नपाएकाले पनि होला । राजेश हमाललाई सेतो कुर्ता खुबै सुहाउँछ । तर, उहाँले आजसम्म यो पहिरन लगाएको मैले थाहा पाएको छैन । मन मिल्यो भने यही नै उमेर भएको केटी आवश्यक छ भन्ने पनि होइन । मलाई उहाँको प्रेमिका भएर काम गर्न मन लागेको छ । आशा छ यो मेरो सपना पनि चाँडै नै पुरा हुनेछ ।
बिनिता बराल : 
हमाल मेरो आधुनिक ड्याडी । राजेश हमाल नेपाली सिनेमा क्षेत्रको महानायक हुनुहुन्छ । उहाँले धेरैलाई नायिका, निर्देशक र निर्माता बनाइ दिनुभएको छ । सिनेमा क्षेत्रलाई २२ बर्षदेखि निरन्तर हाकेर आएकाले उहाँलाई महानायक भनिएको हो जस्तो लाग्छ । उहाँको पर्सनालिटी र व्यवहार साह्रै मनपर्छ मलाई । उहाँसंग बोल्न थालेपछि बोलेको बोलै गरुँ जस्तो लाग्छ । हमाल जीको सेक्सी अंग उहाँको उचाई हो । अग्लो ज्यानमा सुट वुट लगाएर सजिँदा हेरेको हेरै हुन्छु म त । विहे किन गर्नु भएन त्यो त उहाँको निजी मामला भयो, तर आजसम्म नजुरेर नै होला । अब उहाँले बिहे गर्नुपर्छ जस्तो लाग्छ । मन मिल्यो भने उमेरले केही छेक्दैन । मेरो आधुनिक ड्याडी भनेर चलचित्रको पर्दामा म सबैलाई चिनाउन चाहन्छु ।

No comments:

Post a Comment