आफ्नो प्रतिक्रिया दिनुहोस्

‘सुर्खेतपत्र’ दैनिकले आफ्नो पहिलो बर्षको यात्रा पूरा गरेको छ । आजदेखि हामी दोस्रो बर्षमा प्रवेश गर्दैछौं । यो एक बर्षको अवधिमा यस दैनिकले ठूलै आरोह अवरोह छिचोलेको छ । नागरिकलाई सुसूचित गराउनका लागि स्थापना भएको यस दैनिकले कति सुसूचित गरायो वा गराएन त्यो त आमपाठकले मूल्यांकन गर्ने विषय हो । तर हामी के भन्छौं भने सुसूचित गराउनमा यस दैनिकले आफ्नो ताकतले भ्याएसम्म गरेको छ । २०६८ साल असोज १ गते जव हामीले ‘सुर्खेतपत्र’ दैनिकको पहिलो अंक बजारमा ल्यायौं, यसले नयाा तरंगहरु पैदा गरिदियो । त्यो तरंग एक बर्ष वित्दासमेत साम्य हुन सकेको छैन । लोकतन्त्रलाई संस्थागत गर्न, पीडित तथा आवाजविहीनहरुको आवाजलाई उजागर गर्न, सुर्खेतका विकास निर्माणका कार्यलाई जनसमक्ष ल्याउने हाम्रो जुन प्रण थियो, त्यसमा हामी रत्तिभर पनि विचल्लित नभइ काम गरिरह्यौं । हाम्रो यसै प्रणलाई समग्र सुर्खेतबासीले साथ दिए जुन हाम्रो लागि प्रेरणाको भिटामिन बन्न पुग्यो ।
    सुर्खेतमा अहिले करिव एक दर्जन पत्रिकाहरु प्रकाशित हुदैं आएका छन् । सवैको आ–आफ्नै रङ र विशेषता हुनसक्छ । तर ‘सुर्खेतपत्र’ दैनिक भने ती पत्रिकाहरुको भीडमा आफूलाई पृथक राख्न सफल भएको महसुस हामीले गरेका छौं । राजनीतिक नेताका बोली भन्दा पीडितका बोलीलाई यसले बढ्ता स्थान दिन पुगेको छ । विज्ञापन नदिएकै झोंकमा यसले आफ्नो मर्यादा र आचारसंहिता विर्सिएको छैन । रिसीवीका कारण कसैलाई नांगेझार बनाउनपनि यस दैनिक कहिल्यै उद्दत रहेन । आर्थिक अभाव झेलेपनि कसैको दवावमा यो दैनिकले आफ्नो मूल्य र मान्यतालाई बिर्सिएन । बरु नागरिकको सूचना पाउने अधिकारमा सधैं तल्लीन रह्यो ।
    प्रतिस्पर्धाको समयमा पत्रिकामा पनि चर्को प्रतिस्पर्धा छ । सुर्खेतमा अनियमित विद्युत, बढ्दो पत्रिकाको भीड, सानो बजार, दक्ष जनशक्तिको अभावलगायतको समस्या छ । यसका वीचमा पनि ‘सुर्खेतपत्र’ दैनिकले आफूलाई अरु भन्दा पृथक बनाउने अभ्यासमा लागिपरेको छ । विज्ञापनदाताहरुले सहयोग गरिरहनुभएको छ । लेखक स्तम्भकारहरुले लेखरचना दिएर हामीलाई हौस्याइरहनुभएको छ । यो अवधिमा हामीलाई गिराउने असफल प्रयत्न नभएका पनि हैनन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अझैपनि त्यस्ता प्रवृत्ति भइरहेका छन् । तर हामी त्यस्ता प्रवृत्तिका सामु झुकेनौं । बरु ती प्रवृत्ति अन्त्यमा हारथाक मानेर आफै बिलाएका छन् । हामी आफ्नो लक्ष्य र प्रणमा अडिग रहेका छौं । दुई चार दिनलाई मात्र हो यो रहर भन्ने वाक्य बोकेर हिंड्नेहरु अहिले हामीलाई सहयोग र माया गरिरहेका छन् ।
    अन्त्यमा, हामीलाई सधैं साथ र समर्थन दिनुहोस् । हामीलाई तपाईहरुको साथ, समर्थन, विश्वास र सहयोग चाहिएको छ । यदि यो हामीले पायौं भने हामी हाम्रो पाइलालाई अझ दह्रो बनाउनेछौं । एक बर्षको अवधिमा हामीलाई विज्ञापन दिने विज्ञापनदाता, लेख रचना उपलव्ध गराउने लेखक स्तम्भकार, सहयोग, सहानुभूति दिने समग्र पाठकवर्ग, बुद्धिजीवि तथा सुर्खेतबासीप्रति ‘सुर्खेतपत्र’ दैनिक कृतघ्न छ र रहनेछ ।
 
ललित बसेल
प्रकाशकरसम्पादक

6 comments:

  1. सुर्खेतपत्र दैनिक प्रकाशन भएको एक वर्षमा नै आम सुर्खेती जनताको आवाज बन्न सफल भएको छ । अझै सफलताको शुभकामना ।

    ReplyDelete
  2. Congaratulation Surkhet patra and team . Keep it up . wish you all the best .

    ReplyDelete
  3. Congaratulation Surkhet patra and team. wish you all the best .

    ReplyDelete
  4. 1 barsa pura safalatapurbak dosro barsamam prabesh gareko upalakshyema hardik mangalamay shubhakamana tatha patrikako nirntar prakashan ko shubhakamana

    ReplyDelete
  5. Congaratulation Surkhet patra and team.

    ReplyDelete
  6. Congaratulation Surkhet patra team.lai

    ReplyDelete