बलिउडमा दुनियाँलाई पत्तो नदिइकन लगनगाँठो कस्ने अभिनेत्रीहरु धेरै छन् । त्यस्ता अभिनेत्रीहरुमध्ये धेरैको लभ चक्करको गाइँगुइँ त सुनिएकै हुन्छ । तर बिहे भएको कुरा भने लामो समयपछि मात्र पत्तो पाउँदा फ्यानहरु छाँगाबाट खसेझैं हुन्छन् । अघिल्लो वर्ष यस्तै गुपचुप बिहे गरेर अभिनेत्री सेलिना जेट्लीले सबैलाई छक्कै पारेकी थिइन् । बिहे गरेको एक महिनापछि मात्र उनले ट्विटरमार्फत आफूले ब्यायफ्रेन्ड पिटर हेगलाई जीवनसाथी बनाएको सार्वजनिक गरेकी थिइन् ।
पर्छिन् । भलै अभिनेता सैफ अली खानसंगको बिहे बन्धन धेरै टिक्न सकेन । तर उनले परिवारको विरोधका बाबजुत आफूभन्दा ८ वर्ष जेठा सैफसंग गोप्य विवाह गरेकी थिइन् ।
सन् १९५५ मा गीता बालीले बलिउडमा संघर्ष गरिरहेकी थिइन् । त्यसबेला उनीभन्दा एक वर्ष जेठा शम्मी कपुर पनि बलिउडमा चम्किंदै थिए । एक अर्काको मन मिलेपछि गीता र शम्मी घरबाट भागे र मन्दिरमा गएर गोप्य रुपमा विवाह गरे । बलिउडमा गुपचुप बिहे गर्नेमा हेमामालिनी पनि एक हुन् । उनले दुई बच्चाका बाउ बनिसकेका धर्मन्द्रसंग गोप्य रुपमा बिहे गरेकी थिइन् । बलिउडमा रानी मुखर्जीले पनि गुपचुप बिहे गरेको हल्ला चलिरहेको छ । यदि फेहरिस्त नै प्रस्तुत गर्ने हो भने यी मात्र होइनन् अरु धेरै नै छन् जसले गुपचुप बिहे गरेर लामो समयसम्म बिहे नगरेको भनेर दुनियाँलाई ढाँटे । तर ढाँटेर कतिञ्जेल सम्म चल्थ्यो र ? आखिर सही कुरो दुनियाँलाई थाहा भैहाल्यो । हरे भगवान, बिहे जस्तो शुभ कुरा पनि किन ढाँट्नु परेको होला ?

No comments:
Post a Comment