३० वटा सन्तान चाहने नायिका

Bookmark and Share 
हलिउडकी चर्चित नायिका ब्याल्क लिभ्ली केही दिन अघि मात्र बिवाह बन्धनमा बाँधिएकी छिन् । उनका पति हुन् रायन रेनोल्ड जो एक सफल एक्टर हुन । केही दिन अघिमात्र साउथ क्यारोलिनामा उनीहरु बिच विवाह सम्पन्न भएको थियो । झन्डै एक बर्षदेखिको उनीहरुको सम्बन्ध बिहेमा परिणत भएपछि दुबैको खुसीको सीमा नै रहेन । जुन दिन उनीहरुको भेट भएको थियो त्यही दिनदेखि नै उनीहरु बिच गहिरो प्रेम सुरु भएको  थियो । बिवाह समारोहमा जम्मा ६० जनाको मात्र उपस्थिति थियो जसमा उनीहरुका आफन्तहरु मात्र थिए । 
२५ वर्षीया ब्याल्कले बिवाहमा बाँधिएपछि धेरै बच्चा जन्माउन चाहेको खुलासा गरेकी छिन् । एक अमेरिकन पत्रिकासंग उनले भनेकी छिन,‘म ठूलो परिवार चाहन्छु ।’ आफ्ना पतिले साथ दिए उनले ३० वटा बच्चा जन्माउन चाहेको र त्यति धेरै बच्चाबच्चीको आमा हुन पाए आफू अत्यन्त खुसी हुने उनले बताएकी छिन् ।

No comments:

Post a Comment