मधुमेह लागेका बढी तौलका रोगीको तुलनामा कम वा सामान्य तौल भएकाको मृत्यु दर बढी हुने देखिएको छ । नर्थ वेस्टर्न विश्वविद्यालयको अध्ययनले सामान्य वा कम तौल भएका मधुमेह रोगीमा मोटो रोगीको तुलनामा मृत्यु दर र संख्या दुवै बढी हुन्छ । यो अध्ययन ४० वर्षभन्दा माथिका २ हजार ६ सय २५ अमेरिकी महिला र पुरुषमा गरिएको थियो । अध्ययनमा सामान्य तौलका १० प्रतिशत रोगी मधुमेहको सिकार भएका थिए । अध्ययन अनुसार, सामान्यत: मोटो हुनु मात्रै मधुमेहको कारक नभई पारिवारिक इतिहास (जेनेटिक्स), नश्ल र उमेरको पनि महत्वपूर्ण भूमिका रहन्छ ।
अध्ययन दलका नेतृत्वकर्ता प्रा. मर्सिडिज केरेथेनका अनुसार, ‘निष्कर्षले यो सावित हुन्छ कि, जनसंख्याको एउटा विशिष्ट खण्डसंग मधुमेह र यसवाट मृत्युको बढी खतरा छ । सम्भावना यो पनि छ कि यसबाट प्रत्येक व्यक्तिको आनुवांशिक इतिहास पनि एउटा कारक हुन सक्छ ।’ केरेथनका अनुसार कतिपय समय चिकित्सक समेत सामान्य तौल भएकाहरुलाई मधुमेह हुन सक्छ भन्ने जान्दैनन् तर यो सम्भव हुनुको साथै उनीहरुमा मृत्युको सम्भावना बढी हुन्छ । अदुवा फाइदाजनक अदुवाले मधुमेहलाई नियन्त्रण गर्नसक्ने हालैको अध्ययनले दाबी गरेको छ । यो अनुसन्धान मेडिको जर्नलमा प्रकाशित छ । युनिभर्सिटी अफ सिड्नीमा फर्मास्विटिक केमेस्ट्रिका प्रा. बासिल रोफौगालिसको नेतृत्वमा भएको उक्त अनुसन्धानमा अदुवामा रगतमा हुने चिनीको मात्रा कम गर्न क्षमता हुन्छ । जो रोगी लामो समयदेखि मधुमेहबाट पीडित छन् उनीहरुमा धेरै किसिमका शारीरिक समस्या उत्पन्न हुन्छन् । यस्ता रोगीलाई अदुवाको रस फाइदाकारी छ । मधुमेह पीडित महिलालाई चरमोत्कर्षमा समस्या मधुमेह पीडित महिलामा कामोर्मादसंग जोडिएका थुप्रै कार्यमा जटिलता हुने देखिएको छ । अनुसन्धान अनुसार, इन्सुलिन उपचार लिने महिलाको यौन गतिविधि प्रभावित हुन्छ । आब्सटेट्रिक्स एन्ड गायनोकोलोजी जर्नलमा प्रकाशित यो अनुसन्धानमा मधुमेहको पहिचान पुरुषमा नपुंसकता सम्बन्धी जोखिम बढाउने तत्वको रुपमा भएको छ । तर यसले महिलाको यौन गतिविधि समेत प्रभावित गर्ने ग्यारेन्टी भने हुँदैन ।

No comments:
Post a Comment