भिडियो सम्पादन, छायांकन, एनिमेशन तथा केही सर्टफिल्ममा निर्देशनको अनुभव बटुलेका अनुप गिरी अब फिचर फिल्मको निर्देशन गर्ने शुरमा छन् । भाद्र २६ गतेबाट फ्लोरमा जाने गरी अनुपले ‘कुण्ठा’ नामक फिल्म निर्देशन गर्न लागेका हुन् । मुस्किलले ७/८ वटा संवाद राखिने फिल्म ‘कुण्ठा’ मा मौसमी मल्ल, सुरज केसी र रोबिन पोख्रेलको मुख्य अभिनय रहनेछ । १८ दिनको सुटिङ सेड्युल निकालिएको सो फिल्म ९० मिनेटको हुने निर्देशन बन्ने तयारीमा रहेका अनुपले बताए । किरण माइकलको लेखन तथा संगीत रहने सो फिल्मको सम्पादन पनि अनुपले नै गर्नेछन् ।
आफ्नो अडियो भिडियोमा लामै समय खर्चेका अनुपले नयाँ टेस्टको फिल्म बनाउने बताए । साईन इन्टरटेन्मेटको ब्यानरमा बन्ने सो फिल्मलाई निरज कँडेलले खिच्नेछन् । फिल्मको मुख्य कथा वेश्यावृतिमा आधारित रहेको बताउँदै अनुपले वेश्यावृतिमा संलग्न भएकी महिलाको कारणले उसको सन्तानमा पर्ने मानसिक असरलाई फिल्ममा प्रस्तुत गर्ने बताए । फिल्ममा मौसमी मल्ल एउटी बेश्या महिलाको भूमिकामा देखिनेछिन् ।

No comments:
Post a Comment