नेपालगन्ज, ३० भदौ ।
श्रीमानबाट निर्घात पिटिइएकी बाँके साइगाउँ गाविस–४ की गर्भवती किशोरी अप्सना कवाडिया जीवनमरणको दोसाँधमा छिन् । नेपालगन्ज शिक्षण अस्पतालमा उपचार गराइरहेकी यी १७ बर्षीया किशोरी बेहोस अवस्थामा छन् ।
गत आइतबार श्रीमानले निर्घात कुटेपछि भेरी अञ्चल अस्पताल भर्ना भएकी अप्सनालाई चिकित्सकले ठीक भएको भन्दै मंगलवार डिस्चार्ज गरेका थिए । उनलाई त्यही दिन साँझ अस्पतालबाट घर लगिएको थियो । तर बुधवार बिहान चोट बल्झिएर उनी बेहोस भएको किशोरीका बाबु इसाक कवाडियाले जानकारी दिए । ‘बिहान एक्कासी बेहोस भई ।’ बाबु इसाकले भने, ‘शरीरमा पानी छम्किँदा पनि होस नखुलेपछि अस्पताल ल्यायौं ।’ इसाकका अनुसार किशोरीको गुप्ता·बाट सेतो पानी बगिरहेको छ ।
बेहोस भएपछि गाउँले मिलेर किशोरीलाई भेरी अञ्चल अस्पताल ल्याइपुर्याइएको थियो । त्यहाँका चिकित्सकले बिरामीको अवस्था गम्भीर रहेको र आफूहरुले बचाउन नसक्ने भनेपछि छोरीलाई नेपालगन्ज शिक्षण अस्पतालमा भर्ना गरेको बाबु इसाकले बताए । ‘डाक्टरले के भयो भन्ने खुलाएका छैनन् । अवस्था गम्भीर छ मात्र भन्छन्,’ किशोरीका बाबुले सुनाए । किशोरीको दिनभर होस नखुलेपछि परिवार र आफन्तहरु आत्तिएका थिए । किशोरीको अवस्था बुझ्न उनीहरु अस्पतालमा आएका छन् । श्रीमानबाट निर्घात पिटिइएकी बाँके साइगाउँ गाविस–४ की गर्भवती किशोरी अप्सना कवाडिया जीवनमरणको दोसाँधमा छिन् । नेपालगन्ज शिक्षण अस्पतालमा उपचार गराइरहेकी यी १७ बर्षीया किशोरी बेहोस अवस्थामा छन् ।
गत आइतबार श्रीमानले निर्घात कुटेपछि भेरी अञ्चल अस्पताल भर्ना भएकी अप्सनालाई चिकित्सकले ठीक भएको भन्दै मंगलवार डिस्चार्ज गरेका थिए । उनलाई त्यही दिन साँझ अस्पतालबाट घर लगिएको थियो । तर बुधवार बिहान चोट बल्झिएर उनी बेहोस भएको किशोरीका बाबु इसाक कवाडियाले जानकारी दिए । ‘बिहान एक्कासी बेहोस भई ।’ बाबु इसाकले भने, ‘शरीरमा पानी छम्किँदा पनि होस नखुलेपछि अस्पताल ल्यायौं ।’ इसाकका अनुसार किशोरीको गुप्ता·बाट सेतो पानी बगिरहेको छ ।
किशोरीका परिवारका भने कोही आएका छैनन् । अप्सनालाई निर्घात कुट्ने उनका श्रीमान १८ बर्षीय मोहमद राई फरार छन् । राईका बाबु इद्रिस प्रहरी हिरासतमा छन् । बिवाह पूर्व अवैध सम्बन्ध राखेको भन्दै गाउँलेहरु मिलेर दुबै जनाको बिवाह गरिदिएका थिए ।
तर किशोरीले भने आफूलाई राईले जर्वजस्ती करणी गरेर गर्भ रहेको र उसलाई बचाउन गाउँलेले जवर्जस्ती बिहे गरिदिएको आरोप लगाइरहेका छन् । अप्सनालाई घर लगेदेखि नै उनका श्रीमानले दु:ख दिदैं आएका थिए । बाबु इसाकले भने, ‘उसले मेरो छोरीलाई कहिल्यै श्रीमती जस्तो व्यवहार गरेन । सधैं पिट्ने र भोकै राख्ने गथ्र्यो ।’
छोरीलाई पिटेको देखेपछि बचाउन गएका बाबुलाई समेत राईका परिवारले कुटेका थिए । बाबुको टाउकोमा तीनवटा टाँका लगाइएको छ । यता प्रहरीले अपसना माथि कुटपिट गर्ने उनका श्रीमान र काका ससुरालाई पक्राउ गर्न सकेको छैन् । पीडित किशोरीका परिवारले प्रहरीले दोषीलाई कारवाही गराउनुको साटो मिलाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसन्धान अधिकृत शिवबहादुर सिंहले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कानुन अनुसार कारवाही भइ छाड्ने बताए ।
पीडित किशोरीका बाबु इसाकले आफ्नी छोरीमाथि श्रीमानले ज्यादति गरेर ज्यानै जाने अवस्था निम्त्याउँदा समेत महिला अधिकारकर्मीहरु कोही नआएको दु:खेसो पोखेका छन् । ‘अधिकारकर्मीहरुले न्याय दिलाइदिन्छन् भन्ने सुनेको छु । यहाँ मेरो छोरीको ज्यान जान थालिसक्यो । खै त उनीहरु आएको ?’ किशोरीका बाबुले भने ।

No comments:
Post a Comment