डाक्टर नहुँदा पोष्टमार्टम हुन सकेन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
जाजरकोट, ३० भदौ ।
    तीन दिन पैदल बाटो हिडाएर दुई वटा लाश बोकेर  जिल्ला अस्पताल जाजरकोटमा पोष्टमार्टमका लागि दुई दर्जन गाउँलेहरुले ल्याइ पुर्‍याए । तर अस्पतालमा डाक्टर नहुँदा लाशको पोष्टपार्टम हुन सकेको छैन । तीन दिन अघि कोठामै मृत अवस्थामा फेला परेका जाजरकोट भगवती–९ औलगुर्ताका २३ वर्षीय रणवहादुर गुरुङ र उनकी पत्नी २० वर्षीया शान्ता गुरुङको पोष्टमार्टम हुन नसकेको हो ।
    जिल्ला अस्पतालमा चिकित्सक नहुँदा पोष्मार्टम हुन नसकेको निमित्त जिल्ला स्वास्थ्य प्रमुख सरिता चन्दले बताइन् । पोष्टमार्टम नहुँदा लाश सड्न थालेको छ । जिल्ला अस्पतालमा विरामी चाप अत्यधिक बढेको बेला कुहिएका लाशले अस्पताल परिसर दुर्गन्धित भएको स्थानीयको भनाइ छ । मृतक पति पत्नी मंगलवार विहान घरकै कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् । घरायसी झगडाका कारण श्रीमानले श्रीमतीको हत्या गरेको र पछि श्रीमानले आफै आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नैनसिंह कार्कीले बताए ।

No comments:

Post a Comment