होराइजनमा विद्युतीय पुस्तकालय

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २२ भदौ ।
    सुर्खेतका निजी विद्यालयमा पहिलो पटक विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत होराइजन एकेडेमीले शुक्रवारदेखि विद्युतीय पुस्तकालय सुरु गरेको हो । एक कार्यक्रमका वीच विद्यालय संचालक समितिका सल्लाहकार एवं ज्येष्ठ सदस्य झुपबहादुर बस्नेतले विद्युतीय पुस्तकालयको उद्घाटन गरे ।
संचालक समितिका अध्यक्ष पूर्णबहादुर नेपालीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल नवराज पौडेल, सहायक प्राचार्य विनुसि भास्कार, व्यवस्थाप संकाय प्रमुख उपेन्द्र सुवेदीलगायत शिक्षकहरु टेकराज सुवेदी, रामबहादुर सारुलगायतको विद्युतीय पुस्तकालयले विद्यार्थीहरुलाई पढ्न प्रेरित गर्ने बताएका थिए ।
    सोही अवसरमा कक्षा ११ र १२ का विद्याथीहरुका लागि व्यक्तित्व विकास कार्यक्रमको सकारात्मक सोच निर्माण गर्नपनि सहजीकरण गरिएको थियोभने बास्केट बल प्रतियोगिता पनि गरिएको थियो ।

No comments:

Post a Comment