सुर्खेत, २२ भदौ ।
जाजरकोटी बिद्यार्थी एकता समाज सुर्खेतले संस्थाको हित विपरित काम गरेको भन्दै पूर्व उपाध्यक्ष बिष्णु शाहलाई कारबाही गरेको छ । समाजले शुक्रवार विज्ञप्ति प्रकाशित गरी संस्थाको बिधि र बिधान विपरित काम गरेकोले शाहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।
स्थापनाकालदेखि नै एकताबद्ध हुँदै आएको संस्थालाई शाहले बिखण्डन गर्न खोजेको समाजले आरोप लगाएको छ । यस्तै शाहले जाजरकोटी बिद्यार्थीको एकतामा चोट पुर्याएको, एकता भाँड्न खोजेको, विद्यार्थीमाथि हातपात र दुव्र्यवहार गरेको, नयाँ कमिटी गठन गरेको गलत प्रचार गरेकोले उनलाई कारबाही गरिएको समाजले जनाएको छ । समाजका अध्यक्ष दिपक खड्काद्वारा जारी बिज्ञप्तिमा नयाँ कार्यसमिति गठन गरिएको प्रचारको पछि नलाग्न र एकताबद्ध हुन सवैलाई आग्रह गरिएको छ ।जाजरकोटी बिद्यार्थी एकता समाज सुर्खेतले संस्थाको हित विपरित काम गरेको भन्दै पूर्व उपाध्यक्ष बिष्णु शाहलाई कारबाही गरेको छ । समाजले शुक्रवार विज्ञप्ति प्रकाशित गरी संस्थाको बिधि र बिधान विपरित काम गरेकोले शाहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।
No comments:
Post a Comment