राहत शिक्षकद्वारा आन्दोलनको धम्की

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २२ भदौ ।
    नेपाल राहत शिक्षक संघ समिति सुर्खेतले आफ्ना मागहरु पूरा गराउन धम्की दिएको छ । राहत शिक्षकका मागहरु समेटिएको शुक्रवार ज्ञापनपत्र बुझाउँदै समितिले पहिलो चरणको आन्दोलनमा आफ्ना माग पूरा नभए अर्को चरणका कडा आन्दोलन गर्ने धम्की दिएको हो ।
    समितिले बुझाएको ज्ञापनपत्रमा यही भदौ २४ गतेदेखि ३१ गतेसम्म पोशाक भत्ता, दुर्गम भत्तालगायत विगतमा राहतलाई दरवन्दीमा गाभ्ने र स्थायी प्रक्रियामा लैजानुपर्ने उल्लेख छ । माथि उल्लेखित मागहरु पूरा गराउन पहिलो चरणमा हातमा कालो पट्टि बाँधेर विद्यालयमा अध्यापन गराउने र पुन: सम्वन्धित सरोकारवाला सवैलाई माग पूरा गराउन आग्रह गरिने र यदि आफ्ना मागहरु उपर बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने समितिका संयोजक मदन जोशी र सचिव चन्द्रप्रसाद ढकालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । 

No comments:

Post a Comment