हुम्ला टेलिकमलाई लाखौं घाटा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
हुम्ला, २९ भदौ ।
नेपाल टेलिकमलाई रु. २० लाख बराबर राजश्व घाटा भएको छ । वि.स. २०६० मा वितरण गरिएको सिडिएमए ल्यान्डलाइन र गाविसमा वितरण गरिएका भिस्याट टेलिफोन लाइनका महसुल उपभोक्ताले नबुझाएकाले कम्पनीलाई घाटा भएको कर्मचारी रामबहादुर बोहराले जानकारी दिए । हुम्ला जिल्लाभर २ सय २१ ल्यान्डलाइन र ४९ वटा भिस्याट लाइन रहेकामा उपभोक्ताले लामो समयदेखि महसुल नबुझाएकाले तिनको लाइन काटिएको छ ।
रु. ५ हजारदेखि रु. १ लाख ३० हजारसम्म महसुल नबुझाइएको कार्यालयबाट थाहा भएको छ । नेपाली कांग्रेसले रु. २ हजार ६ सय ७७, एकीकृत नेकपा (माओवादी)ले रु. ३९ हजार १ सय ६०, नेकपा (एमाले) ले रु. २९ हजार ७ सय १२, नेपाल पत्रकार महासंघले रु. १ हजार ३ सय १५, गैसस महासंघले रु. ४ हजार ९ सय ९० र नेपाल रेडक्रस सोसाइटीले रु. २ हजार ५ सय ५२ तिर्न बाँकी रहेको थाहा भएको छ । त्यस्तै मेल्छाम गाविसको रु. ६१ हजार ३ सय ५९, रोडिकोट गाविसको रु. ६१ हजार ७ सय ४२, मैला गाविसको रु. ३४ हजार ७ सय २५ पनि तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । रकम बुझाउनका लागि पत्राचार गरिएको बताइएको छ ।

No comments:

Post a Comment