जुम्ला, ३० भदौ ।
उद्योग वाणिज्य संघ तथा कृषि उद्यम केन्द्र (हिमाली)को संयुक्त आयोजनामा जुम्लामा शुक्रबारदेखि जिल्लास्तरीय व्यापार मेला सुरु भएको छ । दलित सेवा संघ, लीवर्ड, वल्र्डभिजन, आइएनएफ जुम्लालगायतका थुप्रै साझेदारी संस्थाको सहयोगबाट स्थानीय बाली एवं उत्पादनको संरक्षण तथा प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो ।
मेलामा करिब १ सय ५ वटा स्टलमा राडीपाखी, गलबन्दी, स्विटर, गलैंचा, खाद्यान्न, जुम्ली मार्सिधान, चिनो, कागुनो, फापर, मकै, उवा, जौ, गहुँ, गहत, विभिन्न तरकारी तथा जडीबुटीहरू राखिएका छन् । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्माद्वारा उद्घाटित उक्त मेलामा उच्च पहाड कृषि व्यवसाय जीविकोपार्जन सुधार (हिमाली) जुम्लाले १ लाख १० हजार आर्थिक सहयोग गरेको हिमाली संस्थाका रामचन्द्र अधिकारीले जानकारी दिए ।उद्योग वाणिज्य संघ तथा कृषि उद्यम केन्द्र (हिमाली)को संयुक्त आयोजनामा जुम्लामा शुक्रबारदेखि जिल्लास्तरीय व्यापार मेला सुरु भएको छ । दलित सेवा संघ, लीवर्ड, वल्र्डभिजन, आइएनएफ जुम्लालगायतका थुप्रै साझेदारी संस्थाको सहयोगबाट स्थानीय बाली एवं उत्पादनको संरक्षण तथा प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो ।
No comments:
Post a Comment