दाङ, ३० भदौ ।
दलित समुदायलाई विद्युत सेवाको पहुँचमा ल्याउनका लागि जिल्लाका १ हजार २३ घरधुरी दलितलाई नि:शुल्क रुपमा विद्युत जडान गरिएको छ । प्राधिकरण कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने अति विपन्न वर्गका दलितको घरमा नि:शुल्क रुपमा विद्युत जडान गरिएको हो । ती घरधुरीमा विद्युत जडान गर्दा रु. २६ लाख ४० हजार खर्च भएको प्राधिकरण दाङका प्रमुख गोपालबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा घोराही र लमही क्षेत्रका दलितको घरमा विद्युत जडान गरिएको छ । अन्य स्थानमा रहेका दलितलाई पनि प्राथमिकताका आधारमा जडान गरिने जनाइएको छ । सम्बन्धित व्यक्तिले दलित भएको प्रमाणसहित आवश्यक काजजातसहित कार्यालयमा आएमा निवेदनउपर छानबिन गरी ठहरिएमा विद्युत जडानका लागि आवश्यक सामग्रीसहित प्राविधिक टोली पुगेर जडान गरिदिने प्रावधान छ । जिल्लामा रहेका दलितले आफूहरू विपन्न भएकै कारण वर्षाौदेखि बिजुली बाल्न नपाएकामा सरकारले अहिले ढिलै भएपनि नि:शुल्क बिजुली उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरेका छन् । दलित समुदायलाई विद्युत सेवाको पहुँचमा ल्याउनका लागि जिल्लाका १ हजार २३ घरधुरी दलितलाई नि:शुल्क रुपमा विद्युत जडान गरिएको छ । प्राधिकरण कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने अति विपन्न वर्गका दलितको घरमा नि:शुल्क रुपमा विद्युत जडान गरिएको हो । ती घरधुरीमा विद्युत जडान गर्दा रु. २६ लाख ४० हजार खर्च भएको प्राधिकरण दाङका प्रमुख गोपालबहादुर शाहले जानकारी दिए ।
No comments:
Post a Comment