तीज गीत प्रतियोगिता

Bookmark and Share 
बाटुलीकुमारी नेपाली
सुर्खेत, २६ भदौ ।
    लेखगाउँ गाविसको फिनीकाँडामा मंगलवार सन्देशमूलक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । आइएनएफ सुर्खेतद्वारा आयोजित प्रतियोगितामा ६ वटा समूहले भाग लिएकोमा फूलवारी समूह प्रथम, दिपमाला समूह द्वितीय, आत्मनिर्भर समूह तृतीय र नयाँ विहानी समूहले सान्त्वना स्थान हासिल गरे ।
बरिष्ठ कलाकार प्रेमदेव गिरी र आइएनएफ सुर्खेतका मनवीर सुनार निर्णायक रहेको प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार, द्वितीय हुनेलाई २ हजार, तृतीय हुनेलाई १५ सय र सान्त्वना हुनेलाई १ हजार रुपैयाँ पुरस्कार दिइएको थियो । प्रतियोगिताको उद्घाटन फिनीकाँडाका ज्येष्ठ सदस्य मानसिंह सलामीले गरेका थिए ।
            (प्रशिक्षार्थी)

No comments:

Post a Comment