सुर्खेत, २६ भदौ ।
साटाखानी गाउँ कमिटी वडा नं. ९ लामिडाँडामा वडा भेला सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष धर्मेन्द्र गुरुङको अध्यक्षतामा तथा जिल्ला कमिटी सदस्य एवं संगठन विभाग प्रमुख अमृत विसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख अमृत विसीले नेकपा एमालेले गाउँ–गाउँ तहमा संगठन पुर्याएको दावी गर्दै जनताको पक्षमा सधैं लाग्ने एक मात्र पार्टी एमाले भएको दावी गरे । उनले भने ‘अब युवाहरु पनि पार्टीप्रति लाग्नुपर्छ ।
पार्टी बनेमा देश बन्छ ।’ वडा भेलामा क्षेत्रीय कमिटी सदस्य मानबहादुर विर्कटा, गाउँ कमिटी अध्यक्ष वीरसिंह नेपाली, गाउँ कमिटी सदस्य भीमप्रसाद आचार्य, पूर्ण दर्लामी, समाजसेवी कर्णबहादुर सारुले संगठन निर्माण, पार्टीको भूमिका बारेमा आ–आफ्नो धारणा राखेका थिए । ७५ जनाको उपस्थिति रहेको वडा भेलाबाट ११ जना युवाहरुले पार्टी काममा लाग्ने प्रतिवद्धता जनाउँदै नेकपा एमाले पार्टी काममा लाग्ने जनाए ।साटाखानी गाउँ कमिटी वडा नं. ९ लामिडाँडामा वडा भेला सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष धर्मेन्द्र गुरुङको अध्यक्षतामा तथा जिल्ला कमिटी सदस्य एवं संगठन विभाग प्रमुख अमृत विसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख अमृत विसीले नेकपा एमालेले गाउँ–गाउँ तहमा संगठन पुर्याएको दावी गर्दै जनताको पक्षमा सधैं लाग्ने एक मात्र पार्टी एमाले भएको दावी गरे । उनले भने ‘अब युवाहरु पनि पार्टीप्रति लाग्नुपर्छ ।
No comments:
Post a Comment