सुर्खेत, २२ भदौ ।
निजामति कर्मचारी सेवा दिवस शुक्रवार सुर्खेतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल निजामति कर्मचारी संगठन सुर्खेतले दिवस तथा हरितालिका तीजको अवसर पारेर शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा कालिकोटका प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले अब कुराभन्दा काम गरौं, सुधार आफैबाट सुरु गरांै भन्ने सरकारी नारालाई सबैले आत्मसाथ गर्नुपर्ने बताए । निजामति कर्मचारी सेवा दिवस शुक्रवार सुर्खेतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल निजामति कर्मचारी संगठन सुर्खेतले दिवस तथा हरितालिका तीजको अवसर पारेर शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
यस्तै जिल्ला शिक्षा कार्यालय सुर्खेतका उपसचिव दीपा हमालले निजामति सेवा दिवस र हरितालिका तीजलाई संयुक्तरुपमा मनाउने अवसर संगठनले जुटाइदिएकाले सबै निकायमा काम गर्ने कर्मचारीलाई सद्भाव बढाउने अवसरको रुपमा लिनुपर्ने बताइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले सेवाग्राहीलाई खुशी पार्न पहिले कर्मचारीलाई नै सरकारले खुशी पार्नुपर्ने बताए ।
हरेक वर्षझैं यस वर्षभने सुर्खेतमा सरकारीस्तरबाट खासै विशेष कार्यक्रमको आयोजना नगरिएको भएपनि नेपाल निजामति कर्मचारी संगठनले राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा दिवस मनाएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतले केही ठाउँमा निजामति कर्मचारी दिवसका नारा लेखेका व्यानर टाँगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माले गत वर्षमा सरकारले निजामति दिवसका लागि भनेर १५ हजार रुपैयाँ पठाउने गरेको भएपनि यो वर्ष नआएको बताए । उनले प्रत्येक सरकारी कार्यालयहरुको प्रवेशद्वारमा मूलनारा लेख्ने र कार्यालयको लेटरप्याड र खाममा पनि नारा अनिवार्य लेख्न निर्देशन गरेको बताए ।
यस्तै नेपाल निजामति कर्मचारी युनियन सुर्खेतका अध्यक्ष नृपजंग शाहीले निजामति सेवा दिवस वृक्षारोपण गरेर मनाएकोबताए । यता जिल्लास्थित अन्य निजामति कर्मचारीहरुले भने दिवसलाई सरकारले नै उपेक्षा गरेको आरोप लगाउँदै घरमा टिभी हेरेर दिवस मनाएको बताए ।
No comments:
Post a Comment