अखिल क्रान्तिकारीमा सिंह

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ भदौ ।
    नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी सुर्खेतको २० औं जिल्ला सम्मेलन नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ । सम्मेलनले भुपाल सिंहको अध्यक्षतामा ५५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निवार्चित गरेको छ । जसमा उपाध्यक्ष किरण विसी,भीम विसी, महेन्द्र वम, सचिवमा भुपेन्द्र लामिछाने, सहसचिवमा गोकुल चालिसे र कोषाध्यक्षमा लालबहादुर रोकायालगायत रहेका छन् ।
    सम्मेलनले वैज्ञानिक व्यवहारिक र जनमुखी शिक्षा प्राप्ति तथा निजी शिक्षाको खारेजीको लागि सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सहसंयोजक कमल शाहीले विगतमा अनेरास्ववियु क्रान्तिकारीले उठाउँदै आएको व्यापारीकरण र निजीकरण को शिक्षा विरुद्धको आन्दोलनलाई नयाँ उचाइमा उठाउने बताए । उनले नेपालको शिक्षा प्रणालीभित्र समान शिक्षा, समान अधिकार र समान प्रतिस्पर्धाको व्यवस्था गरिनुपर्ने जनाए । उनले एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आफ्नो क्रान्तिकारी पहिचान गुमाइसकेको भन्दै अव नेकपा–माओवादी निकटको अनेरास्ववियु क्रान्तिकारीले मात्र शिक्षामा भइरहेको विभेदीकरणको नीतिलाई खारेज गर्ने गरी  कडा आन्दोलन गर्न सक्ने बताए । सम्मेलनमा नेकपा–माओवादी सुर्खेतका जिल्ला सेक्रेटरी ठम्मर विष्टले आवश्यक परे विद्यार्थीहरुले जस्तोसुकै पार्टी आन्दोलनमा सक्रिय सहभागिताका लागि तयार रहनुपर्ने बताए ।

No comments:

Post a Comment